• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बेपत्ता भनिएका सेवानिवृत्त पाकिस्तानी जनरल अजीजको मृत्यु 

रियाद । केही वर्ष पहिले रहस्यमय ढंगले बेपत्ता पारिएका सेवानिवृत्त पाकिस्तानी जनरल शाहिद अजीजको सन् २०१८ मा मृत्यु भएको अलकायदाको क्षेत्रीय शाखाद्वारा प्रकाशन गर्ने एक पत्रिकामा जानकारी गराइएको छ ।

नावा–ए अफगान जिहाद नामक अफगानी जिहादीको मुखपत्रले अजिजको अलकायदासँग निकट सम्बन्ध रहेको अरब न्यूजले उल्लेख गरेको छ । यो पत्रिका अल–कायदा समूहको भारतीय उपमहाद्वीपमा प्रकाशन हुने गरेको छ । 

तत्कालिन पाकिस्तानी सेनापति अजीज सन् २००५ मा ३७ वर्षको सेवापछि सेवा निवृत्त भएका थिए । परवेज मुशर्रफ सैन्य प्रमुख हुँदा अजीजले अन्य मुख्य पदहरूमा सेनाका महानिर्देशकको रूपमा काम गरेका थिए ।

सन् २०१३ मा पूर्व सेना प्रमुखको नीतिहरूको आलोचना गरिएको एउटा किताब लेखेका अजीजको सन् २०१८ मा मृत्यु भएका वा वेपत्ता भएका हल्लाहरू सार्वजनिक भएका थिए तर अजीजका आफन्तहरूले उनका दावीहरूलाई अस्वीकार गर्दै पूर्व जनरल धार्मिक प्रचारको ‘अत्यन्त निजी जीवन’ बिताइरहेका बताएका थिए ।

अल कायदाले उसको संगठनसँग अजीजको सम्लग्नता रहेको दावी गरिएको यो पहिलो घटना हो ।  नावा–ए अफगान जिहाद पत्रिकाको फेब्रुअरी अङ्कमा पूर्व पाकिस्तानी सैनिक जनरल अजिजको अलकायदाका सदस्यहरूसँग घनिष्ट सम्बन्ध रहेको दावी गरिएको थियो । 

अलकायदा निकट मानिने उक्त पत्रिकाले अजिजले सन् २०१५ मा लेखेको भनिएको एक पुस्तकको पाण्डुलिपीको केही भागलाई छापेको छ जसमा  यसलाई मार्चमा उर्दू भाषामा छापिने बताइएको छ । 

अलकायदा भारतीय उपमहाद्वीपको गठन पाकिस्तान, भारत, अफगानिस्तान, म्यान्मा र बगलादेशका सरकारसँग उक्त समूहको सङ्घर्षलाई अघि बढाउन लक्षित गरी सन् २०१४ मा अल कायदा प्रमुख आयमन अल–जवाहिरीले गठन गरेको विश्वास गरिन्छ । एएनआई 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर