प्रदेश सांसदहरुले सडकदेखि औषधीसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराए

बुटवल । प्रदेश नं ५ को प्रदेश सभामा प्रदेश सभा सदस्यहरुले जनताका आधारभूत आवश्यकताको रुपमा रहेको स्वास्थ्य जस्तो संवेदनसील बिषयमा भएको लापर्बाही भएको देखि विकास योजनामा कर्मचारी तन्त्र हाबि भएको बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रदेश सभाको पाँचौ अधिवेशनकको चौथो बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्यहरुले बिभिन्न क्षेत्रमा देखा परेका समस्या बारे सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदेश सभा सदस्य दिनेश पन्थीले बढ्दो सडक दुर्घटना प्रति चिन्ता ब्यक्त गर्दै न्यूनिकरणका विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले सवारी चालकहरुलाई  तालिमको जरुरी रहेकोमा जोड समेत दिए । प्रदेश पाचमा सवारी दुर्घटनाको त.थ्याक डरलाग्दो रहेको तंथ्याक प्रस्तुत गर्दै सांसद पन्थीले समस्याको पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिए । त्यसैगरी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले गोरुसिंगे सन्धिखर्क सडक साघुरो भएका कारण सडक दुर्घटना बढेको भन्दै उक्त सडक प्रदेश सरकार मातहत ल्याएर स्तरोन्नति गर्न माग गरे ।

प्रदेश सभाको बिशेष समयमा बोल्दै प्रदेश सभा सदस्य कूलप्रसाद पोखरेलले जनताले छनोट गरेका योजना भन्दा कर्मचारीहरुबाट छनोट गरेका योजनाले प्राथमिकता पाउने गरेको भन्दै जनताले छनोट गरेका योजनाहरुलाई प्राथमिकतामा राख्न माग गरे ।

बिशेष समयमै बोल्दै प्रदेश सभा सदस्य अष्टभुजा पाठकले एउटा वडामा परेको योजना मन्त्रालयका सचिवले अर्को वडामा सार्ने काम गरेको भन्दै सरकार जनप्रतिनिधिले चलाउने हो की कर्मचारीले भनि प्रश्न गरे ।

अर्का प्रदेश सभा सदस्य बिजय बहादुर यादवले जनताका आधारभूत आवस्यकताको रुपमा रहेको स्वास्थ्य जस्तो संवेदनसील बिषयमा पनि गम्भिर लापर्बाही भएको भन्दै लापर्वाही गर्नेमाथि कार्बाहीको माग गरे ।

बाँकेको डुडुवामा हात्तिपाइले विरुद्ध म्याद गुज्रेको  औषधि खुवाइएको भन्दै म्याद गुज्रेको औषधि खुवाउने स्वास्थ्यकर्मीलाई कार्बाही गर्न माग गरे ।

बाल बिवाह रोक्ने नाउमा प्रहरीले जथाभाबि बिवाह स्थलहरुमा छापा मार्ने गरेको भन्दै उनले छोरीहरुको बिवाह गर्ने उमेरमा पुनर्बिचार गर्नुपर्ने बताए ।

प्रदेश सभा सदस्यहरु इन्द्र प्रसाद खरेल, डिल्ली बहादुर चौधरी, बिष्णु प्रसाद पन्थी, तिलकराम शर्मा,सन्तोश कुमार पाण्डेले विभिन्न विषय उठाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर