• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आजको पत्रपत्रिका: सक्युरिटी प्रेस खरिदका लागि प्रस्ताव गर्ने कम्पनीको योग्यतामाथि प्रश्न

आजको पत्रपत्रिकामा राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुको विषयले प्राथमिकता पाएका छन् । तानातानमा नेपाल शिर्षकमा कान्तिपुरले प्रमुख समाचार लेखेको छ । कान्तिपुरका अनुसार पार्टीको तीनमहिने विशेष अभियान सुरु गर्न बाँके जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहालm आइतबार सबेरै कोटेश्वरस्थित माधवकुमार नेपालको घर पुगे र झन्डै डेढ घण्टा अलमलिए । लगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा नेपाल निवास पुगे र भलाकुसारी गरे । त्यही साँझ नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीसँग उसैगरी छलफल भयो । गत माघ १९ गते सकिएको नेकपा केन्द्रीय कमिटी बैठकपछि नेपाललाई भेट्न र छलफल गर्न दुवै अध्यक्ष उत्तिकै सक्रिय देखिन्छन् । 
अख्तियारले नदेखेको अनियमितता शिर्षकमा कान्तिपुरले अर्को समाचार लेखेको छ । कान्तिपुर अगाडी लेख्छ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज अनियमितताको उजुरी छानविननै नगरी टुंग्याएको खुलेको छ । झन्डै पाँच अर्ब रुपैयाँ अनियमितता भएको घटनामा अख्तियारले प्रारम्भिक अनुसन्धानबाट फाइल तामेली राखेको हो । यही विषयमा महालेखा परीक्षकको कार्यालयले अनियमितता भएको निष्कर्ष निकाल्दै ‘छानविन गरी यकिन हुनुपर्ने ’ निर्णय गरेको थियो ।
यसरी गयो ट्रस्टको १७३ रोपनी व्यक्तिका नाममा शिर्षकमा समाचार लेखेको छ । 
सक्युरिटी प्रेस खरिदका लागि प्रस्ताव गर्ने कम्पनीको योग्यतामाथि प्रश्न शिर्षकमा नागरिकले समाचार लेखेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि प्रस्ताव गर्ने कम्पनीको योग्यतामाथि नै प्रश्न उठेको छ । नेपालमा सेक्युरिटी प्रेस स्थापना गर्न फ्रान्स र जर्मनीका कम्पनीको योग्यतामाथि नै प्रश्न उठेको सार्वजनिक लेखा समितिको एक सदस्यले बताए ।  सुरक्षण मुद्रण केन्द्रले जोसँग लागत अनुमान तयार गरायो उसैसँग प्रस्ताव माग गरी पक्रिया अघि बढाउनु विधिसम्मत नदेखिएको लेखा समितिको ठहर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर