• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

‘नेपालका नदी भारत र बंगलादेशका नदीहरुसँग जोड्ने समझदारी’

ऊर्जाका स्रोतहरुको विकास तथा व्यापार गर्ने विषयमा सहमति

काठमाडौं । सरकारले बंगलादेशसँग जलविद्युत लगायत ऊर्जाका स्रोतहरुको विकार र व्यापर गर्ने विषयमा सहमति गरेको छ । बुधबार बंगलादेशको औपचारिक भ्रमणबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले द्विपक्षीय वार्ताका क्रममा जलविद्युत लगायत उर्जाका स्रोतहरुको विकास तथा व्यापार गर्ने विषयमा सहमति भएको बताए ।

नेपालका नदी भारत र बंगलादेशका नदीहरुसँग जोड्ने र जलमार्गको विकास गर्ने समझदारी भएको समेत जानकारी उनले दिए ।

साथै, उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे नेपाल सरकारको दृष्टिकोण प्रष्ट रहेको बताए । उनले भने,  ‘हाम्रो पार्टीको बैठकमा समूहगत छलफलमा कतिपय साथीहरुले हामीले बुझनौं, अन्यौल भयो भनेपछि यसबारे अध्ययन गर्ने भनेर कार्यदल बनेको हो । हाम्रो म्याण्डेट पनि त्यतिनै हो । दोस्रोपटक म्याद थप भएको अवधिभित्रै चाँडै नै हाम्रो प्रतिवेदन बुझाउछौं ।’

अर्को प्रसंगमा मन्त्री ज्ञवालीले चीनमा फैलिएको कोरोना भाइरसको कारण नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद प्रभावित नहुने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर