• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

मेराे करियर सकिएको छैन, फसाउन खाेज्नेकाे पाेल पछि खाेल्छु–महरा

‘जेलमा बसेको ४ महिनामा राज्यलाई अझ राम्रोसँग बुझेँ’

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले ४ महिना अन्यायपूर्ण जीवन बिताएको बताएका छन् । बलात्कार आरोपमा सफाइ पाएपछि एक टेलिभिनलाई अन्तर्वार्ता दिँदै सभामुख महराले सो कुरा बताएका हुन् । उनले भनेका छन्,‘४ महिना मैले अन्यायपूर्ण जीवन बिताएँ , अन्ततः मलाई सफाइ पाएको छु । यसको अर्थ मैले कुनै गल्ती गरेको छैन भनेर अदालतले भनेको अवस्थामा आनन्द अनभुव गरिरहेको छु ।’

अन्तर्वार्ताकै क्रममा उनले आफ्नो विषयमा प्रश्न उठेपछि आफ्नो खुसीले त्यसबेला सभामुखबाट राजीनामा दिएको बताए । सांसद पद भने रहिरहने स्पष्ट पारे । 

पुर्पक्षका लागि बसेको ४ महिनाको अवधिमा राज्यलाई अझ राम्रोसँग बुझेको बताए । उनले भने,‘यो ४ महिनामा मैले राजयलाई झन राम्रोसँग बु्झ्न पाएँ । जेल बुझेँ, जेलभित्रका साथिहरुसँग मेरो साक्षात्कार भयो । न्यायलय बुझेँ । सैद्दान्तिक रुपमा बुझेको थिएँ । अहिले व्यवहारिक रुपमा बुझ्न पाएँ ।’

उनले आफूलाई जेलमा हुँदा ठूला नेताले नभेटेको र कार्यकर्ताहरुले भेटको तर आफूले कतिले भेटे भन्ने नटिपेको बताएका छन् । उनले अन्तर्वार्ताको क्रममा एउटा कथा सुनाए । 

उनको कथा यस्तो छ 
‘कागले कतै चाँही हड्डि भेट्यो । बाजले कागलाई हान्यो । ठुँगिराख्यो । जबसम्म उसले हड्डि छाडेन् । हड्डि फालिसकेसि बाजचाँही हड्डितिर गयो । काग फत्कियो । कागले हड्डि समाउनु नै उसले गल्ती गरेको जस्तो भयो । पछि ।’

उनले भने, ‘मैले कसैको हड्डि समात्या छैन् । त्यो विषय होला, कसले देख्यो म विस्तारै पछि भनौंला ।’

जेलमा हुँदा पनि आफूलाई लागेको आरोप सत्य नभएकोप्रति आफू ढुक्क भएको उनले भनेका छन् । ‘जुन उद्देश्यले मलाई जेलमा राखिएको थियो । त्यो उद्देश्य अर्को थियो । त्यो विषय एकदिन गलत सावित एकदिन भएरै छाड्छ भन्ने थियो ।’ उनले भनेका छन् । 

जेल बस्दा आफूले केही राजनीतिक पुस्तक, पत्रपत्रिका पढेर बिताएको बताए । जेलमा हुँदा आफ्नो राजनीतिक करियर सकिएको भन्ने भाव आफूलाई विल्कुल नआएको उनले बताएका छन् । 

‘म प्रति न कुनै सामाजिक आघात छ न राजनीतिक आड छ ।’ उनले भनेका छन् । 

महराले सामाजिक तथा राजनीतिक ठाउँमा पूरानै ठाउँमा रहेको अन्तर्वार्ताका क्रममा भनेका छन् । ‘मैले यत्ति मात्र भन्छु, सुनियाेजित छँदै छ । यसको पछाडी आन्तरिक बाह्य सवै छ । यसको विस्तारै समयक्रममा खुल्दै जान्छ । अहिले खुल्दैन् । म ढुक्क छु, मैले कुनै गल्ती गरेको छैन् । कुनै अपराध गरेको छैन् ।’ उनले भने । 

साथै, उनले अमेरिक मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सबैभन्दा बढी जानकार आफू रहेको वार्ताको क्रममा बताएका छन् । उनले भनेका छन्,‘एमसीसी टेबुल गर्नका लागि अनुमति नदिएको साँचो हो । एमसीसीको बारेमा सबैभन्दा बढी जानकार पनि मैँ छु । कसैले अलि बढी म जान्छु भन्ने...’(बिचैमा पत्रकारले प्रश्न गरेपछि राेकिए)

आफू राष्ट्रिय स्वाधीनताको विषयमा नझुकि लड्न चाहने बताए । आफूलाई कसले फसाएको भन्ने विषयमा पछि भन्ने दोहोर्याए । रोशनी शाहीबारे अहिले प्रश्न नगर्न उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर