ग्रामीण विकास लघुवित्तको अर्धवार्षिक समीक्षा गोष्ठी

बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को आ.व.२०७६÷७७ अवधिको प्रथम अर्धवार्षिक कार्यक्रम तथा बजेट समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

नेपालगञ्ज, बाँकेमा सम्पन्न भएको गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, सबै विभागिय प्रमुखहरू, पाँचै क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धकहरू, अन्य सम्बन्धित् कर्मचारीहरू तथा संस्थामा कृयाशील युनियनका अध्यक्षहरूकोे सहभागिता रहेको थियो ।

समीक्षा गोष्ठी उद्घाटनका अवसरमा प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले अर्धवार्षिक प्रगति विवरणको अवस्था र संस्थाले हाल भोगेका समस्या, चुनौति र अवसरहरूको विश्लेषण गरी वार्षिक लक्ष्य पुरागर्न अपनाउनु पर्ने रणनीति तर्जुमा गर्न गोष्ठीले मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा उच्चमनोवल, सहकार्य र पारदर्शीताका साथ वार्षिक लक्ष्य हासिल गर्ने गरी कार्यगर्न जोड दिए ।
 
सो अवसरमा संस्थाका पाँचवटै क्षेत्रीय कार्यालय तथा विभागहरूबाट प्रस्तुत आ.व.२०७६÷७७ को प्रथम अर्धवार्षिक अवधिको बजेट समीक्षा तथा कार्यक्रमको प्रगति उपर विस्तृत रूपमा (शाखागत) छलफल गर्नुका साथै तोकिएको लक्ष्य पुरा नभएका शिर्षकमा आगामी २०७७ असार मसान्तसम्म लक्ष्य पुरागर्ने प्रतिबद्धता समेत जाहेर गरिएकोे थियो । 

बुटवलमा प्रधान कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.(साविकको ग्रामीण विकास बैंक-ले २०७६ पौष मसान्तसम्म सातवटै प्रदेशका ५७ जिल्लामा १ सय ८९ वटा इलाका÷ शाखा कार्यालय र  पाँचवटा क्षेत्रीय कार्यालय विस्तार गरी करिब २ लाख २१ हजार सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यस अवधिमा संस्थाको लगानीमा रहेको कर्जा रु. १० अर्ब ३३ करोड, कुल बचत रु. ३ अर्ब ४९ करोड र सञ्चालन नाफा (अपरिष्कृत) रु. १७ करोड ५८ लाख रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर