संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण : प्रदेश प्रमुख यादव

बुटवल । प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन ।

५९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति प्रदेश  नं ५ ले बुधवार बुटवलमा गरेको कार्यक्रममा बोल्दै उनले संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन गर्दै सबैलाई संघीय ढाँचातर्फ अभ्यस्त बनाउने कार्यमा समेत मिडियाको महत्वपूर्ण योगदान पुग्नेमा विश्वास ब्यक्त गरे ।

प्रदेश प्रमुख यादवले भने– ‘राष्ट्रिय एकता र भाईचारा तथा भातृत्व अभिवृद्धिकोलागी सन्चारले भूमिका खेल्नु पर्दछ । सूचना र सन्चार प्रवाहमा समयानुकुल परिवर्तनको जरुरी छ । ’

उनले नेपाली जनतालाई विश्वसनीय सन्तुलित र तथ्यपूर्ण समाचार तथा सूचना उपलब्ध गराउने कार्यको महत्व र आवश्यकतालाई आत्मसात गरी त्यसको माध्यमबाट राष्ट्रिय एकता¸सदभाव र भातृत्वको अभिवृद्धि आवश्यक रहेको बताए ।

कार्यक्रममा राससका पुर्व अध्यक्ष बालकृष्ण चापागाईले समाचारको सत्यता र तथ्यता आजको आवश्यक्ता भएको बताए ।  सैनामैना नगरका उपप्रमुख बिना राना मगरले स्थानिय सरकार र मिडीयाबीचको सहकार्य अझै प्रभावकारी हुनुपर्ने बतायन । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले मिडीया जनताको पक्षमा हुनुपर्ने बताए । 

मानव अधिकार आयोग प्रदेश ५ का उपनिर्देशक पवन कुमार भट्टले मानबिय जीवन शैली र मानवअधिकारको विषयमा मिडीयाको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।  कार्यक्रममा रासस प्रदेश कार्यलय बुटवलका प्रमुख भरत के.सी.ले राज्यको पक्षधारितामा रहेर राससले समाचार उत्पादन तथा रिर्पोटिंग गरिरहेको बताए । 

समारोहमा रासस प्रदेश ५ बाट स्थानिय सम्वाददाताको रुपमा उत्कृष्ट चयन ुभएका रासस पश्चिम नवलपरासीका सम्वाददाता मोहन पौडेललाई प्रदेश प्रमुख यादवले नगद तथा सम्मानपत्रले सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर