• शनिबार १२-१५-२०७६/Saturday 03-28-2020/ 02:54 pm

साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग जोड्नुपर्छ : मन्त्री पोख्रेल

काभ्रे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले सिक्ने प्रक्रिया जीवनभर चल्ने भएकाले शिक्षालाई निरन्तर सिकाइको अवधारणासँग जोडेर हेर्नुपर्ने बताएका छन् । उनले साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग गाँस्नुपर्ने आवश्यकता औंल्याए ।

काभ्रेपलाञ्चोक जिल्लालाई आज पूर्ण साक्षर जिल्ला घोषणा गर्दै मन्त्री पोख्रेलले नयाँ ढङ्गले शिक्षालाई व्यवस्थित गर्दै लानुपर्ने जिम्मा जनप्रतिनिधिमाथि आइपरेको बताए । अहिले सरकारले लिएको लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई साकार पार्न दक्षजनशक्ति उत्पादन गरेर मात्रै सम्भव हुने भएकाले त्यसतर्फ सिङ्गो मुलुक केन्द्रीत हुनुपर्ने बताए ।

‘शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादन र रोजगारीसँग जोड्न सकेमात्र समृद्धि सम्भव छ’, मन्त्री पोख्रेलले भने, ‘प्राविधिक शिक्षा र व्यवहारिक शिक्षालाई व्यापक रूपमा विस्तार गरेर रणनीतिक ढङ्गले अगाडि बढ्न ‘स्किल फर अल’को नीतिमा सरकार अघि बढिरहेको छ ।’ उनले साक्षर भइसकेका पनि निरक्षरतर्फ फर्कनसक्ने अवस्थासमेत रहने भएकाले त्यसलाई पनि ध्यान दिन र अबको पुस्तालाई कम्प्युटर शिक्षासँग जोडेर हेर्नसमेत  आग्रह गरे ।
 
जिल्ला साक्षर घोषणा गरिरहँदा अब नेपाल ‘डिजिटल लिटे«सी’तर्फसमेत जानुपर्ने अवस्था रहेकोले बताउँदै मन्त्री पोख्रेलले प्रविधिसँग शिक्षालाई जोडेर थप विकासको बाटोमा अघि बढ्न आग्रह गरे । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले जनशक्ति निर्माणको क्रमसँगै जोडेर थप विकास गर्न स्थानीय सरकार, जिल्ला समन्वय समिति, प्रदेशसभा सदस्य तथा सङ्घीय सांसदले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाई छ । 

कार्यक्रममा सङ्घीय सांसद गङ्गाबहादुर तामाङले उत्पादन गरेका जनशिक्तलाई व्यवहारिक रुपमा निरन्तरता दिन र पूर्ण साक्षर बनाउन सबैको काँधमा थप जिम्मेवारी आएकोले त्यसलाई पूरा गर्न सबैको हातेमालो आवश्यक रहेको बताए । प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले शिक्षाको विकासको लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीचमा समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोख्रेलले काभ्रेपलाञ्चोक जिल्ला संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन(युनेस्को)ले तयार पारेको सूचक पूरा गरी ९६ दशमलब ४८ प्रतिशत साक्षर भइसकेकाले साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा गरे । राष्ट्रिय जनगणना २०६८ अनुसार १५ वर्षदेखि ६० वर्ष उमेर समूहका तीन लाख ७३ हजार ७२८ जनसङ्ख्यामध्ये आर्थिक वर्ष २०७६÷७७ सम्ममा तीन लाख ६० हजार ५६० जनसङ्ख्या साक्षर भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जनाएको छ । सो घोषणासँगै काभ्रेपलाञ्चोक जिल्ला देशको ५२औंँ साक्षर जिल्ला भएको छ ।

यसअघि जिल्लाको मापदण्ड पूरा गरी मण्डनदेउपुर नगरपालिका, खानीखोला गाउँपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका, पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, महाभारत गाउँपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, रोशी गाउँपालिका र चौरीदेउराली गाउँपालिकालाई साक्षर घोषणा गरी आज जिल्लालाई साक्षर घोषणा गरिएको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल एयरलाइन्स मेडिकल सामग्री लिन चीन उड्यो

  • १५ चैत, २०७६

काठमाडाैं । कोरोना परिक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन उडेको छ । ए ३३०वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि

कोरोनाका संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने दमकका युवा प्रहरी नियन्त्रणमा

  • १५ चैत, २०७६

झापा । कोरोना भाइरससम्बन्धी अफवाह फैलाएको आरोपमा झापास्थित दमकका एक व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।  कोरोना भाइरसका बिरामी फेला पर्याे

छुट्लान् त चार्ल्स शोभराज !

  • १५ चैत, २०७६

काठमाडाैँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेका कैदी बन्दीलाई रिहा गर्ने सरकारी निर्णय अनुसार