लागुऔषध ओसारपसार गर्ने २ युवती सहित ६ जना कारागार चलान

धनगढी । धनगढीमा लागुऔषध ओसारपसार गर्ने दुई युवती सहित छ जना कारागार चलान भएका छन्। गत मंसिर ५ गते धनगढीको बेल्स क्याफे नजिकैबाट दुई ग्राम छ सय ८० मिलिग्राम लागु औषध सहित पक्राउ परेका भारतको उत्तर प्रदेश लखिमपुर, खिरी पलियाका अन्दाजी २४ वर्षका बिवेक गुप्ता, कञ्चनपुर पुर्नवास नगरपालिका– ११ का२९ वर्षीय दिप थापा र बिनोद थापा कारगार चलान भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश कार्कीले उनीहरु तीनै जनालाई आज जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको दिनेश खबरलाई बताए । यस्तै गत मंसिर ११ गते धनगढीबाट तीन ग्राम ७ सय ६० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका थप तीन जना पनि कारागार चलान भएका छन् ।

धनगढी–५ जाईका २८ वर्षीय इन्द्रजित धामी, वडा नम्बर ८ की १८ वर्षीय एलिसा तामाङ र बाजुरा घर भई हाल धनगढी १ बस्दै आएका १९ वर्षीया मोनिका बुढालाई पनि जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो । प्रहरी निरिक्षक कार्कीले अदालतले बुढा र तामाङसंग एक एक लाख धरौट माग गरेको बताए। तर बुझाउन नसकेपछि उनीहरु कारगार चलान भएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर