• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आत्महत्या गर्न २३९ यात्रु बोकेको विमानलाई चालकले नै डुबाए समुन्द्रमा !

तस्विर : अष्ट्रेलियाली पूर्वप्रधानमन्त्री टोनी एबोट

एजेन्सी । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री टोनी एबोटले सन् २०१४, ८ मार्चमा बेपत्ता भएको भनिएको मलेसियाली विमान जानीबुझीकनै बेपत्ता पारिएको दावी गरेका छन् । 

एबोटको दावी अनुसार, एमएच३७० विमानलाई चालकले नै बेपत्ता गरेको मलेसियाली उच्च अधिकारीहरुको भनाई छ । विमान चालक आत्मघाती रहेको र विमानमा सबै यात्रुको ज्यान लिएको दावी एबोटले गरेका छन् । यद्यपि, एबोटले आफ्नो दावीलाई प्रमाणित गर्नका लागि कुनै पनि प्रमाण भने प्रस्तुत गरेनन् । 

स्काई न्यूजको एक डकुमेन्ट्रीमा एबोटले मलेसियाको विमान बेपत्ता हुनुको करिब एक महिनाभित्रै आफूले सम्भवतः उक्त विमानलाई चालक आफैँले समुन्द्रमा डुबाएको हुनसक्ने बताएको बताएका छन् । यस घटनामा चालक नै जिम्मेवार हुनसक्ने मलेसियाली अधिकारीहरुको मान्यता रहेको एबोटले बताएका छन् । यद्यपि, पाइलट अहमद शाहको परिवारले टोनी एबोटको यस दावीलाई खारेज गरेका छन् । 

सन् २०१७, ८ मार्चमा मलेसियाको एमएच३७० एयरलाइन्स बेपत्ता भएको थियो, जसमा २३९ यात्रु सवार थिए । यात्रुमा धेर्रैजसो चिनियाँ नागरिक थिए, जो क्वालाम्पुरबाट बेइजिङका लागि उडान भरिरहेका थिए । 

हिन्द महासागरको नजिक करिब १.२० लाख वर्ग किलोमिटरको खोजीपछि पनि यस विमानबारे पत्ता लाग्न सकेन । यो खोज सन् २०१७ सम्म चल्यो, यो खोज उड्ययन क्षेत्रकै सबैभन्दा ठूलो खोजी बन्यो । यतिका खोजीका बाबजुद पनि विमानबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन । 

विमान खोजीमा तमाम सिद्धान्तहरु लगाइयो, तर कुनै काममा आउन सकेन । तर अब विमान चालक जहारी अहमद शाहलाई लिएर जुन थियोरी टोनी एबोटले बताए, त्यसले सबैलाई आश्चार्यमा पारेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर