• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

जर्मनीको एक बारमा भएको गोलीकाण्डमा ८ जनाको मृत्यु

एजेन्सी । जर्मनीको एक बारमा भएको अन्धाधुन्ध गोलीकाण्डमा ८ जनाको मृत्यु भएको छ  भने पाँच जना घाइते छन् ।  नेपाली समय अनुसार बिहीबार बिहान पौने तीनबजे तिर बन्दुकधारीले आन्धाधुन्ध गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

जर्मनीको पश्चिमी क्षेत्रमा रहेको हानाउ शहरको शिशा बारमा अन्धाधुन्ध गोलीकाण्डका दुई घटना भएका हुन् ।  आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिलो गोलीकाण्ड सिटी सेन्टरको बारमा भएको हो । त्यसपछि हानाउको केसेल्स्टाड्ट नजिकै अर्को गोलीकाण्ड भएको हो । दुवै क्षेत्रमा प्रहरीले हेलिकप्टरसहितबाट गस्ती गरिरहेको छ । शिशा बारमा आक्रमणकारीले तीन जनाको हत्या गरेका हुन् ।

त्यसपछि बन्दुकधारी अर्को ठाउँमा गएर अरु पाँचजनाको ह्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण किन भएको हो भन्ने खुलेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर