• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

डोटीमा अज्ञात समुहद्वारा डोजरमा आगजनी

डोटी । डोटीको सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा अज्ञात समूहले आगो लगाएका छन् ।  

सायल गाउँपालिका वडा नं १ छपालीमाबाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका वडा नं ३  काँडीस्याउलेमा रहेको आन्टीनेन्टल टे«डिङ ईन्टरप्राईजेज काठमाण्डौंको बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राती अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलिप सिं देउवाले जानकारी दिएका छन ।

गाउँपालिकामा काटिएको शाखाबाटो मर्मत तथा सफा गर्ने क्रममा छपालीमा रहेको गाउँपालिकाको स्काभेटरमा मध्यराती आगजनी गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । गाउँपालिका तथा प्रहरीको टोली घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर