• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बाँस्कोटालाई तुरुन्त बर्खास्त गरेर छानविन गर्न साझा पार्टीको माग

काठमाडौँ । साझा पार्टीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तुरुन्त बर्खास्त गरेर छानविन गर्न माग गरेको छ । 

मन्त्री बाँस्कोटाले कमिशन बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पछि साझा पार्टीले एक प्रेस विज्ञप्ति मार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो । ‘आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएका मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ ’ साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै सो साझाले २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानविन गरि अवैध सम्पत्ति राष्ट्रियकरण गर्न र दोषीलाई हदैसम्मको कारवाही गर्न समेत माग गरेको छ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर