• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा 'पर्यटन परी'ले सेवा दिने

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वचालित रोबटले सेवा दिने भएका छन् ।  बिहीवार एक कार्यक्रम आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुईवटा रोबोट जडान गरेको हो । ती रोबोटको नाम पर्यटन परी राखिएको छ ।

सारी लगाएर राखिएका ती रोबोटलाई पर्यटनमन्त्री योगेश कुमार भट्टराईले उद्घाटन गरेका छन् । पर्यटन परी नाम दिइएको उक्त रोवोटहरु  विमानस्थलको आगमन र प्रस्थान कक्ष गरी दुई स्थानमा रहने छन् । 

उक्त रोवोटहरूले नेपाली अङ्ग्रेजी र चिनियाँ भाषामा सम्वाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य भिसा प्रकृया र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचना लगायतका पक्षका विषयमा जानकारी गराउने बताइएको छ ।

कामलाई अझ सहज साथै सुचना मैत्री वनाउन नेपाली, अंग्रेजी र चाईनीज भाषा वोल्न सक्ने पर्यटन परीले यात्रुलाई सहयोग गर्ने मन्त्री योेगेश भट्टराईले बताए । यसबाट बिमानस्थल थप आधुनिक र प्रबिधी मैत्री बन्न पुगेको  उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर