• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

प्रधानमन्त्री लक्षित कांग्रेसको कटाक्ष : भ्रष्टाचारीको मुख नहेरे पनि अडियो त सुन्नुभयो होला नि ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटालाई मन्त्री पदबाट बर्खास्त गर्न सरकारसमक्ष माग गरेको छ । बिहीबार पार्टी कार्यालय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विशवप्रकाश शर्माले बाँस्कोटाको राजीनामा माग गरेका हुन् । 

सेक्युरिटी प्रेस खरिदमा मन्त्री बाँस्कोटाले स्वीस प्रतिनिधिसँग घुस मागेको भन्ने अडियो सार्वजनिक भएपछि बाँस्कोटाको विरोध हुँदै आएको छ । 

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको मुखसम्म हेर्दिनँ भन्ने गरे पनि बाँस्कोटाको उक्त अडियो सुन्नुभयो होला नि भन्दै कटाक्ष गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर