• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सञ्चारमन्त्री बाँस्कोटालाई हटाउन नेकपाभित्र दवाव, प्रधानमन्त्री बचाउने पक्षमा

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका नेपालस्थित एजेन्टसँग ७० करोड घूसका लागि डील गरेको अडियो सार्वजनिक भयो। उक्त अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल राजीनामा गराउन नेकपा र प्रधानमन्त्री ओली ओलीसामु दबाब छ ।

नेकपाकै केहि पूर्वएमाले खेमाका युवा नेताहरु भ्रष्टाचारमा नै नाम मुछिएपछि तत्काल राजीनामा दिएर छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताउछन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका बिषयमा छलफल गर्न बिहीबार बसेको सार्वजनिक लेखा समिति बैठकमा पनि नेकपाका सांसदहरुले प्रिन्टिङ प्रेस खरिद रोख्नुपर्ने र यस बिषयमा सञ्चारमन्त्रीले राजीनामा दिइ मार्गप्रशस्त्र गर्नुपर्ने धारणा राखेका थिए ।

त्यस्तै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष ऐन महरले समेत बाँस्कोटाको राजीनामा माग गरेका छन्। सामाजिक सञ्जालमा महरले लेखेका छन्, ‘सञ्चारमन्त्री ज्यूले राजीनामा दिएर मार्ग प्रसस्त गर्ने र यो घटनाको सत्य तथ्य छानबिन गरी कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ।’


बाँस्कोटालाई बचाउने पक्षमा ओली
बालुवाटार स्रोतका अनुसार यस बिषयम नेकपाका शिर्ष नेताहरुबीच अनौपचारिक छलफल भएको छ । लामो पश्चिम भ्रमणपछि बालुवाटारमा ओलीसंग भएको भेटमा पनि प्रचण्डले तत्काल राजीनामा गराउन सुझाव दिएका थिए । प्रचण्डले यो प्रकरणले पार्टीलाई समेत क्षति पुर्‍याउने भन्दै बाँस्कोटालाई तत्काल राजीनामा गराउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बालुवार स्रोतले जानकारी दियो ।

तर प्रधानमन्त्री ओली भने बाँस्कोटालाई तत्काल नहटाउने मनस्थीतीमा रहेका छन् । उनले यस बिषयमा स्वयं बाँस्कोटासंग छलफल गर्ने बताएका थिए । त्यसै अनुसार ओलीले बाँस्कोटालाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

नेपालगञ्जबाट  फर्केपछि सञ्चारमन्त्री बास्कोटा बालुवाटार जाने र त्यसपछि सिंहदबारमा पत्रकार सम्मेलनमा सहभागी हुने छन्। प्रधानमन्त्रीसंगको छलफलपछि उनले पत्रकार स्म्मेलनमा आफ्नो निर्णय सुनाउनेछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर