• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अनेरास्ववियूका संयोजकले मागे संचारमन्त्रीको राजिनामा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्द विद्यार्थी संगठन अनेरास्ववियूका संयोजकले सरकारका प्रवक्ता तथा सूचना संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा माग गरेका छन् । 

सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिँदै छानविनका लागि मार्गप्रशस्त गर्नपर्ने उनले बताएका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले भनेका छन्,‘संचारमन्त्री ज्यू ले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र यो घटनाको सत्य तथ्य छानविन गरी कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर