• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

हामी प्रधानमन्त्रीको ‘एक्सन’ चाहन्छौँ : कांग्रेस

काठमाडौ । संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई बर्खास्त गर्नका लागि प्रधानमन्त्रीले ‘एक्सन’ दिनपनेृ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले बताएको छ । पार्टी कार्यालय सानेपामा एक पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो बताएका हुन् ।

प्रिन्टिङ प्रेस खरिदको प्रक्रियामा कमिसनको ‘डिल’ बाहिरिएपछि कांग्रेसले बाँस्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान अघि बढाउन कांग्रेसले माग गरेको हो । 

प्रधानमन्त्रीय प्रणालीमा सबै विषयको सम्पादनको क्षेत्राधिकार प्रधानमन्त्रीकै रहेकाले प्रधानमन्त्री नै जवाफदेही हुनुपर्ने पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । मन्त्रीप्रति व्यक्तिगत रूपमा कांग्रेसको पूर्वाग्रही नभएको जनाउँदै प्रवक्ता शर्माले भने, ‘भ्रष्टचारीको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्रीले अडियो त सुन्नु भयो होला नि !’

निजामति कर्मचारीलाई अश्लील शब्द प्रयोग गरिएको प्रति उनले आपत्ति जनाए । राजनीतिक आग्रह पूर्वाग्रह नराखी भ्रष्टचारको मुद्दामा छानबिन हुनुपर्ने कांग्रेसको धारणा छ । 

मन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीको एक्सन चाहान्छौं।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर