• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बाँस्कोटाकाे सचिवालयले चलाएकाे ९८५११५३...४ नम्बरकाे डिटेल खाेज्दै सीआइबी

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड ‘कमिसन डिल’ को अडियो सार्वजनिक भएसँगै सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिए । सो विषयमा छानविन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले अनुसन्धान शुरु गरेको छ ।

सीआइबीले निवर्तमान मन्त्रि बाँस्कोटाकाे सचिवालयका एक सदस्यले प्रयाेग गर्ने गरेकाे ९८५११५३९१४ नम्बरकाे विस्तृत विवरणा खाेजिरहेकाे गृहमन्त्रालय श्राेतले समाचार दैनिकलाइ जानकारी दियाे ।साे नम्बरबाट एजेन्टहरुसँग कुराकानी गर्ने गरेको आशंकामा प्रहरीले छानविन शुरु गरेको हाे ।

गृह स्रोतका अनुसार उनले आफूले एजेन्टसँग गरेको कुराकानी थाहा पाउने भएपछि नेपाल टेलिकममा सिधै निर्देशन दिएर कल रेकर्डका सबै डाटा मेट्न लगाइसकेका छन् । सो नम्बरको विषयमा छानविन गर्न  गृहले समेत सीआइबीले निर्देशन दिइसकेको जनाएको छ । 

उनले एजेन्टहरुसँग आफ्नो फोन प्रयोग नगरी यि नम्बरबाट कमिसनको विषयमा छलफल गर्ने गरेको दावी छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर