• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

दक्षिण कोरियामा काेरोनो संक्रमितको संख्या एकै दिनमा दोब्बर पुग्यो

एजेन्सी । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस संक्रमित मानिसको संख्या दोब्बर पुगेको त्यहाका अधिकारीहरूले बताएका छन् ।

शुक्रवारयता थप २२९ जनामा कोभिड–१९को संक्रमण भएको पुष्टि भएको अधिकारीहरुले बताएका छन् । योसँगै दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमितको संख्या कुल ४३३ पुगेको छ । 

स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप एउटा गम्भीर चरणमा प्रवेश गरेको टिप्पणी गरेका छन् । अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ । त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने भय देखिएको छ । डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ ।

चीनमा अधिकारीहरूले नयाँ संक्रमण र मृत्यु हुने बिरामीको संख्या घटेको बताएकै बेला दक्षिण कोरियामा भने संक्रमित मानिसको संख्या बढेको छ । 

परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस संक्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ।

चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोनाभाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेको भन्दै विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चिन्ता व्यक्त गरेका छन् ।

उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिएका छन् । चीनमा अहिलेसम्म ७६,२८८ जनामा संक्रमण भएको र २,३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर