एन आई सी एशिया बैंकको न्यू सुपर चमत्कारिक मुद्धती खाता, सर्वाधिक उच्च ब्याजदर र २१ लाख सम्मको बीमा सुविधा

काठमाडौं । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ जनमैत्री बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एसिया बैंकले न्यू सुपर चामत्कारिक मुद्दति निक्षेप योजनामा उच्च ब्याजका साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्दति निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्वितीय सुविधा साँच्चै चामत्कारिक छ । 

सामान्यतया मुद्दति खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई छ । तर यस बैंकको न्यू सुपर चामत्कारिक मुद्दति निक्षेप खातामा सर्वाधिक उच्च ब्याजमात्रै उपलब्ध नभई बीमा सुविधा समेत दिएर मुद्दति खाताको दायरा नै फराकिलो बनाइदिएको छ । 


यो मुद्दति खातामा ग्राहकहरुले उच्च ब्याजदरसँगै तीन विभिन्न बीमा सुविधा पनि पाउन सक्ने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकले जीवनमा आइपर्नसक्ने अकल्पनीय घटनाका लागि २१ लाख रुपैयाँसम्मका तीन चामत्कारिक बीमा सुविधा पाउने छन् ।

यो बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा उपलब्ध छ । यस्तै, १८ घातक रोगहरूका लागि रु १० लाखसम्म र १ लाखसम्मको औषधि उपचार बीमा सुविधा समेत उपलब्ध छ ।


यसैगरी औषधि उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग ९ओपिडी० उपचारमा रु। २० हजारसम्म र अस्पताल भर्ना वापत रु। ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ ।

उक्त ओपिडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरूबापत रु। २० हजारसम्मको भरपाइ गर्नेछ ।

एनआईसी एसिया बैंकमा मुद्दति खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दति योजना रहेकोले आफ्ना ग्राहकका लागि एकदमै फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरिसकेका छन् ।

सामान्यतयाः यदि ग्राहकले रु। २१ लाखसम्मको बीमा आफैंले गर्न परेमा करीब १४,००० रुपैयाँ  बराबरको बीमा शुल्क बुझाउन पर्ने हुन्छ । तर यस न्यू सुपर चामत्कारिक योजनाअन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधाबापत लाग्ने बीमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैंकले सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकलाई करीब रु। १४,००० को फाइदा पुग्नेछ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालय, ४४५ एटीएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर