मधेश झरेपछिका प्रचण्ड : मधेशकाे भेष, हिन्दी भाषामा सम्बोधन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनकपुरधाम पुगेर हिन्दी भाषामा सम्बोधन गरेका छन् । पन्ध्रदिने मिथिला माध्यमा परिक्रमाको उद्घाटनका लागि आइतबार बिहान जनकपुरधामा पुगेका प्रचण्डले हिन्दी भाषामा सम्बोधन मात्र गरेनन्, तराईको पहिचान झल्कने भेषभूषा पनि लगाएका थिए ।

माध्यमा परिक्रमाको उद्घाटन समारोहमा बोल्दै उनले सुरुमा भने,‘आज मुजे आप लोगाके सामू खडे होकर कुच कहिनेमे बहुत खुसी हो रहिहे ।’ परापूर्वकालदेखि नै संस्कृतिकै रुपमै माध्यमा परिक्रमा विकास हुँदै गएको भन्दै उनले हिन्दी भाषामा नै भने, ‘एक संस्कृति के रुपमे ये देशभरमे स्थापित भी हे । भारतके लोग भी महाकुम्भमे सामेल हो ते हे ।’

उनले आफूले जनकपुरधामको संस्कृति जोडाउन आफूले सहयोग गर्ने बताए । उनले धर्मशाला निर्माणका लागि कु्नै सहयोग कमी हुन नदिने बताए । आफू प्रधानमन्त्री भएको समय यस परिक्रमा मार्गको लागि सहयोग गरेको स्मरण गर्दै उनले मिथिलाविहारी परिषद गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै मिथिला मध्यमा परिक्रमा प्रस्थान गर्ने कचुरीमा धर्मशाला निर्माण गर्न सरकार र पार्टी मदत गर्ने प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले मिथिला माध्यमिकी परिक्रमाको डोला उठाएर परिक्रमाको आरम्भ गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर