• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रोल्पा जिल्लालाई यसैवर्ष पूर्ण उज्यालो बनाइसक्छौं-मन्त्री पुन

‘थवाङ रोल्पाको राजनीतिक केन्द्र’

रोल्पा, थवाङ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले रोल्पा जिल्लालाई यसै वर्ष पूर्णरुपमा उज्यालो बनाई सक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार रोल्पाको थवाङमा रहेको विरबलभद्र माध्यमिक विद्यालयको नमूना उद्घाटन, अक्षकोष स्थापना एवं विद्यालयको स्मारिका विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

सहीद मार्ग लगायत सडक सञ्जाल अगाडि बढेको बताउँदै रोल्पा उज्यालो कार्यक्रम तिव्र रुपमा अगाडि बढिरहेको उनले बताए ।

साथै, उनले रोल्पाको थवाङ राजनीतिक केन्द्र बनेको बताएका छन् । 

आइतबार रोल्पाको थवाङमा रहेको विरबलभद्र माध्यमिक विद्यालयको नमूना उद्घाटन, अक्षकोष स्थापना एवं विद्यालयको स्मारिका विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उपराष्ट्रपति नन्दबहादुर पुनसमेत सहभागी रहेको उक्त कार्यक्रममा मन्त्री पुनले हिजो जलजलाको गीत गाउँदै गरेको नेता आज उपराष्ट्रपति हुनु रोल्पालीको गौरवको विषय भएको बताए । रोल्पा जिल्लाको लागि यो गौरवको विषय थवाङले जन्माएको बताउँदै उनले रोल्पाको विकासका लागि सधै अगाडि बढाउनुपर्ने बताए । त्यही राजनीतिक आन्दोलनले जन्माएको नेतृत्वको हैसियतले रोल्पा एवं थवाङको विकाकाका लागि सधै लाग्नु पर्ने उनको भनाई छ ।

रोल्पा जिल्लाको राजनीतिक केन्द्रलाई संरक्षण गर्दै अब पर्यटक, विकास र समृद्धिको विकासको लागि केन्द्र बनाउने उनले बताए । शिक्षाको विकासका लागि संघीय, प्रदेश, स्थानीय सरकारबाट समानुपातिक विकासका गर्नका लागि अगाडि बढाएको बताउँदै यस पटक उपराष्ट्रपति पुनले अध्ययन गरेको थवाङ र आफूले अध्यापन गरेको जिनाबाङको विद्यालयमा नमूना बनेको समेत उल्लेख गरे ।

साथै, उनले विगतमा रोल्पा जिल्लाको विकासका संसद विकासका कोषबाट सहयोग गरेको बताए । उनले आम रोल्पालीको दुश्वमन भनेको गरिबी, अशिक्षा, पछौटेपन नै भएको बताए ।

थवाङ गाउँपालिका बनाउनको लागि आफ्नै पहलमा भएको बताउँदै थबाङ गाउँपालिका र थबाङ गाउँपालिकाको केन्द्र थबाङ बनेको बताए । साथै गाउँपालिकाको सरकार गाउँमै रहेको बताउँदै गाउँपालिकाको विकासका लागि संघीय सरकार लागेको उल्लेख गरे ।

संघीय सरकारले जलजलालाई नेपालको १०० गण्न्तव्यमा  जलजला पार्न सफल भएको बताउँदै जलजला क्षेत्रको प्रचार प्रसार भएको उनले बताए । उनले थवाङ र जलजललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर अगाडि बढाएको बताउँदै आगामी दिनमा पनि अझै विकास र विस्तार गर्नपर्ने उनको भनाई थियो ।

साथै, सहीद मार्ग लगायत सडक सञ्जाल अगाडि बढेको बताउँदै रोल्पा उज्यालो कार्यक्रम तिव्र रुपमा अगाडि बढिरहेको  बताए । रोल्पा जिल्लालाई यसै वर्ष उज्यालो बनाई सक्ने प्रतिवद्धता व्यक्त समेत उनले सम्बोधनको क्रममा गरे ।

उनले शिक्षाको विकासका लागि अक्षयकोषमा आफ्नो तर्फबाट १ लाख र पूर्व सभामुख ओनसरी घर्तीमगरको तर्फबाट १ लाख गरी २ लाख घोषणा गरेका थिए ।

कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, प्रदेश सभा सदस्य , पूर्वमन्त्री दलजीत सिर्पाली, दिपेन्द्र कुमार पुनमगर लगायतको नेताहरुको उपस्थित रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन प्रध्यानाध्यापक कुलबहादुर वलीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर