• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

म्यानचेस्टर युनाइटेडको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ३–० ले पराजित गरेको छ । 

म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फेर्नान्डेस, एन्थोनी मार्सल र म्यानसन ग्रिनवुडले गोल गरेका हुन् । ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा फेर्नान्डेसले गोल गर्दै क्लबलाई सुरुवाति अग्रता दिलाए । ५८ औँ मिनेटमा मार्सल तथा ७५ औँ मिनेटमा ग्रिनवुडले गोल गरेपछि युनाइटेड ३–० ले विजयी भयो ।

यो खेलमा पेनाल्टी मार्फत पहिलो गोल गरेका फेर्नान्डेस गएको जनवरीमा स्पोर्टिङ्ग लिस्बोनबाट युनाइटेड आएका हुन् । उनले इंग्लिस क्लबका लागि पहिलो गोल गरेका हुन् ।

जितपछि म्यानचेस्टर युनाइटेड पाँचौँ स्थानमा उक्लिएको छ । उसको २७ खेलबाट ४१ अंक भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर