• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अध्यक्ष प्रचण्डद्वारा ग्याल्बो ल्होसारको शुभकामना

काठमाडाैँ । नेकपा अध्यक्ष प्रचण्डले शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसारको अबसरमा शुभकामना दिएका छन् ।

अध्यक्ष प्रचण्डले  नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको साथै अनेक जातीय समुदायसँगको सामिप्यता र सम्मानजनक सामाजिक सद्भाव नेपाली समाजको विशेषता भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको मौलिक पहिचान भएको शुभकामना सन्देशमा उल्लेख छ ।  अध्यक्ष प्रचण्डले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा लैजान यस पर्वले सबैमा प्रेरणा मिल्ने बताएका छन् ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर