• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अमेरिकी राष्ट्रपति ट्रम्प भ्रमणको सुरक्षामा १२ हजार प्रहरी खटिने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणमा १२ हजार प्रहरी जवान सुरक्षाामा खटिने भएका छन्  । साथै १०८ वरिष्ठ प्रहरी अधिकारी फिल्डमा उत्रने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि भारत भ्रमणमा रहनेछन् ।ट्रम्प दुई दिने भ्रमणका लागि सोमबार अहेमदावाद ल्यान्ड गर्नेछन् । त्यसैगरी उनले आग्रा र नयाँ दिल्लीसमेत भ्रमण गर्ने कार्यतालिका रहेको छ । अहेमदावादमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई ३३ डेपुटी कमिसनर अफ पुलिस, ७५ असिस्टेन्ट कमिसनर अफ पुलिस र हजारौं प्रहरी जवानले सुरक्षा प्रदान गर्ने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । 

‘फेब्रुअरी २४ मा हुने ट्रम्पको भारत भ्रमणका क्रममा सुरक्षा प्रदान गर्न ३३ डेपुटी कमिसनर, ७५ असिस्टेन्ट कमिसनर अफ पुलिस, ३०० पुलिस इन्सपेक्टर, एक हजार सब–इन्सपेक्टर, १२ हजार जवान र दुई हजार महिला प्रहरी खटाइने छन्,’  अहेमदावाद पुलिस कमिसनर आशिष भाटियाले भने । 

त्यसैगरी तीन कम्पनी ‘र्‍यापिड एक्सन फोर्सु (आरएएफ) र सात कम्पनी ’क्‍विक रेस्पोन्स टिमु (क्यूआरटी) समेत परिचालन गरिने भाटियाले बताएका छन् । त्यसैगरी १५ वटा बम निस्क्रिय युनिट र कुकुरसमेत परिचालन गरिने छन् । उनले थपे, ‘थप सुरक्षाका लागि विशेष सुरक्षा समूह (एसपीजी), एयर फोर्स र अमेरिकी गुप्तचर सेवाका अधिकारीहरु पनि परिचालन हुनेछन् ।’

गएराति खटिएको टोलीले केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणा लिएको र उनीहरुको नाम गोप्य राखिएको भाटिएले बताएका छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर