कोरोना भाइरसका कारण पाल्पा कारागारका सामाग्री निर्यात हुन सकेनन्

पाल्पा । चिनबाट सुरु भएर प्रकोपका रुपमा फैलिएको कोरोना भाईरसका कारण पाल्पा कारागारमा उत्पादित बस्तुको निर्यात रोकिएको छ । कारागारका बन्दिहरुले निर्माण गरेका हस्तकलाका सामाग्री खासा हुदै चिनसम्म निर्यात हदँै आएकोमा हाल व्यापारीक नाकाहरु बन्द हुदाँ व्यापारी निरास भएका छन् ।

चीनमा प्रकोपका रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपालसंगका व्यापारीक नाकाहरु ढप्प हुदाँ उत्पादित बस्तु निर्यात हुन नसकेका व्यापारीको दुखेसो छ । कारागारमा उत्पादन भएका हस्तकलाका सामाग्रीहरु खासा हुदै चिनसम्म निर्यात हुदैं आएकोमा हाल चिनसंगका व्यापारी नाकाहरु बन्द हुदाँ निर्यात रोकिएको कारागारबाट उत्पादित सामाग्रीका विक्रिकर्ता बालकृष्ण अर्यालले जानकारी दिए । 

पाल्पा कारागारका बन्दिहरुले निर्माण गरेका सामाग्रीमध्ये सबैभन्दा धेरै उनिको धागोको नाम्लो प्लाष्टिकका मुडाहरु चीमा निर्यात हुदै आएको अर्यालले बताए । तर पछिल्लो समयमा कोरोना भाईरको सक्रमण बढ्ने त्रासका कारण सिमा क्षेत्रमा कडाई गरिएको हुदाँ व्यापारमा कमी आएको उनले बताए ।

बन्दिहरुले निर्माण गरेका हस्तकलाका सामाग्रीको निर्यात हुन नसक्दा गोदाममा थन्किएका छन । जस्ले गर्दा उत्पादन रोकिएको छ भने, उनिहरुको आम्दानीमा पनि कमी आएको व्यापारीको भनाई छ । जिल्ला स्तरमा आयोजना हुने मेला महोत्सवमा केही मात्रामा हस्तकलाका सामाग्रीले बजार पाएपनि मुखय बजारको रुपमा चीन नै रहेको हुदाँ व्यापारमा समस्या भएको व्यापारीको भनाई छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर