माहिरा शर्मालाई प्रमाण पत्र नक्कल गरेको आरोप, के होला त कारवाही ?

एजेन्सी । ‘बिग बोस १३’ बाट आफ्नो बेग्लै पहिचान बनाएकी कलाकार माहिरा शर्मा निकै चर्चामा छिन् । पछिल्लो समय आलिया भट्टको डे«सिङ स्टाइल नक्कल गरेर पनि उनी चर्चामा आएकी थिइन् । यही सँगै उनलाई दादासाहेब फाक्ले अन्तराष्ट्रिय फिल्म फेस्टिबलको नक्कली प्रमाणपत्र बनाएको आरोप लागेको छ । दादासाहेक फाक्ले अन्तराष्ट्रिय फिल्म फेस्टिबलले आभिकारीक ट्वीट अकाउन्ट मार्फत माहिरालाई यो आरोप लगाएको हो । 

टिमले बताए अनुसार केही समयदेखि माहिराले आफ्नो इन्स्ट्राग्राम अकाउन्टमा अवार्डको प्रमाणपत्र सार्वजनिक गरिरहेकी छन् । माहिराले मोस्ट फेशनेबल कन्टेस्टेन्टको अवार्ड पाएको भन्दै तस्बिर सेयर गरेकी छन् । तर उक्त अवार्डको टिमले बताए अनुसार माहिरा मात्र होइन बिग बोसको कुनै पनि प्रतिस्पर्धीलाई यो प्रमाण पत्र दिइएको छैन । 

माहिराको यो व्यवहारलाई गलत भन्दै टिमले माहिरा विरुद्ध पत्र सार्वजनिक गरेका छन् । पत्रमा उनलाई यस्तो किसिमको गलत पिआर पाउने क्रियाकलाप गरेकोमा सार्वजनिक रुपमै माफि माग्न आग्रह गरेका छन् । टिमले सार्वजनिक रुपमा माहिराले माफि नमागे कानुनी रुपमा अगाडी बढ्ने चेतावनी समेत दिएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर