• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भारतीयहरु निकै मिहनेती हुन्छन् : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको मोटेरा स्टेडियममा सम्बोधनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको निकै तारिफ गरेका छन् । 

‘यो विश्वको सबभन्दा ठूलो स्टेडियम हो । म यहाँ निकै सम्मानित महसुस गरिरहेको छु । यहाँ धेरै संख्यामा मानिसहरु उपस्थित भएका छन् । यसका लागि म तपाईं सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु,’ ट्रम्पले भने । 

यो स्‍वागत आफूले सधैं याद गर्ने बताए । उनले भने, ‘मोदीले यही सहरमा चियाको पसलमा काम गरेका थिए । प्रधानमन्त्री मोदी निकै सफल नेता हुन् । उनी निकै अब्बल नेता हुन् । मोदीले भारतका हरेक गाउँमा बिजुली पुर्‍याएका छन् ।’

‘३२ करोड नागरिकलाई इन्टरनेटका माध्यमबाट जोडेका छन् । सात करोड मानिसहरुलाई ग्यास सिलिन्डर उपलब्ध गराएका छन् । मोदी निकै सफल भएका छन्,’ ट्रम्पले थपे

उनले भारतका नागरिकसँग पर्याप्त अधिकार भएको भन्दै मोदीको तारिफ गरे । ट्रम्पले भने, ‘भारतमा हरेक धर्मका नागरिक छन् । सयौं भाषाहरु छन् । यसका बाबजुद पनि भारतमा एकता छ । भारतीयहरु निकै मिहिनेती हुन्छन् । हरेक क्षेत्रमा भारतीयहरु निकै मिहनेतका साथ काम गर्छन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर