ट्रम्पले फेरी गरे बलिउड फिल्म ‘शोले’ र ‘डीडीएलजेकाे’ प्रसंशा

एजेन्सी । मोरेडा स्टेडियममा भएको नमस्ते ट्रम्प कार्यक्रमको दौरान अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले बलिउड फिल्मको प्रसंशा गरेका छन् । ट्रम्पले आफ्नो भाषणमा भने ‘पुरी दुनियामा मानिसहरु बलिउड फिल्मको डान्स र म्युजिकबाट रमाइलो गर्छन । खासमा आधुनीक फिल्म डीडीएलजे र शोले विशेष छ । ’ केही दिन अगाडी मात्र रिलिज भएको आयुष्मानको फिल्म शुभमंगल ज्यादा सावधानको पनि प्रसंशा गरेका थिए । 

शाहरुख खान र काजोल अभिनित रोमान्टिक फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ अहिले पनि मुम्बईको मराठा मन्दिर थिएटरमा चलिरहेको छ । फिल्मले प्रदर्शनको १००० हप्ता भन्दा बढी पार गरिसकेको छ । फिल्म सन् १९९५ मा रिलिज भएको थियो । यहि फिल्मले शाहरुख खान र काजोललाई बलिउडमा नयाँ उचाई दिएको थियो ।

त्यस्तै सन् १९७५ मा रिलिज भएको ‘शोले’ भारतकै ब्लकबस्टर फिल्महरु मध्ये एक हो । अमिताभ बच्चन र धर्मेन्द्र अभिनित फिल्मले कमाईमा धेरै रेकर्डहरु बनाएको छ । रिलिज भएको ३८ बर्ष पछी फिल्मको थ्रीडी भर्सन पनि निकालिएको थियो ।


 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Indian Film Like This #DDLJ "People take great joy in watching the scenes of classic films like DDLJ and Shah Rukh Khan." - President of the United States Donald Trump at the #NamasteyTrump event at the Motera Stadium in Ahmedabad. #TrumpIndiaVisit #TrumpInIndia #IndiaWelcomesTrump #TrumpVisit ❤️ @iamsrk . .. . . . ....Follow Me @iamsaifsrk . . . . . Follow me @iamsaifsrk . . . . . . #shahrukhkhan #hrithikroshan #akshaykumar #ajaydevgan #varundhawan #aliabhatt #priyankachopra #deepikapadukone #katrinakaif #anushkasharma #iamsaifsrk #shraddhakapoor #srkfanclub #shahrukhkhanfanclub #srkfans #shahrukhkhanfans #shahrukhkhanfan #srk #srkuniverse ##kingofbollywood #kingkhan #srkajoloversindonesia

A post shared by SAIf A KHAN ???? ⓢⓡⓚⓘⓐⓝ (@iamsaifsrk) on Feb 24, 2020 at 12:57am PST

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर