• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ठूलो सोच भएका व्यक्ति ट्रम्प : मोदी

एजेन्सी । औपचारिक भ्रमणका क्रममा भारत आइपुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अहमदाबादस्थित मोटेरा क्रिकेट रंगशालामा सम्बोधन गरे । 

‘नमस्ते ट्रम्प’ शीर्षकको कार्यक्रममा यी दुवै नेता एकअर्काको प्रशंसा गरेर थाकेनन् । मोदीले ट्रम्प र उनकी पत्नी मेलानियाको मन खोलेर प्रशंसा गरे । 

मोदीले आफ्नो स्वागत भाषणमा राष्ट्रपति ट्रम्प ठूलो सोच भएका व्यक्ति भएकोले अमेरिकी सपनालाई साकार गर्नमा जुटेको बताए । उनले ट्रम्प प्रशासनमा भारत र अमेरिका नयाँ सम्बन्धमा पुगेको बताए । 

मोदीले दुई देशको सहकार्यले सिंगो विश्वलाई लाभ पुग्ने बताए । ‘२१ औं शताब्दीमा नयाँ–नयाँ किसिमका प्रतिस्पर्धा देखिएको छ। नयाँ–नयाँ धारहरू देखिएका छन्।अवसर र चुनौती देखिएका छन्,’ मोदीले भने, ‘२१ औं शताब्दीको विश्वलाई नयाँ दिशा दिन अमेरिका र भारतको सहकार्यले ठूलो भूमिका खेल्छ ।’ उनले अमेरिका र भारत तटस्थ सहयात्री भएको पनि बताए ।

‘अमेरिका भारतको सबैभन्दा ठूलो ट्रेड–पार्टनर हो,’ उनले भने, ‘हाम्रो सहकार्यले इन्डो–प्यासिफिक क्षेत्रको मात्र होइन।सारा संसारको शान्ति सुरक्षा र प्रगति योगदान गर्नसक्छ।’ 

२०२० को सुरूमै ट्रम्प भारत आउनु अर्थपूर्ण भएको मोदीको दावी थियो। ‘अमेरिका भारतको ठूलो ट्रेड–पार्टनर त हुँदै हो। हामीले कसैसँग सर्वाधिक सैन्य–अभ्यास गरिरहेका छौं भने त्यो अमेरिका नै हो। अनुसन्धानमा कसैसँग सर्वाधिक साझेदारी गरेका छौं भने त्यो पनि अमेरिका नै हो,’ मोदीले भने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर