• शनिबार १२-१५-२०७६/Saturday 03-28-2020/ 02:55 pm

वडाध्यक्ष पौडेललाई अनशन तोड्न नौ दलको आग्रह

फाइल फाेटाे

चितवन । माडीवासीका मागलाई लिएर अनशनरत माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेललाई अनशन तोड्न नौ राजनीतिक दलले आग्रह गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसहित जिल्लामा क्रियाशील राजनीतिक दलको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पौडेलको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै अनशन तोड्न आग्रह गरेको हो । बैठकपछि दलहरुले जारी गरेको विज्ञप्तिमा पौडेलले राखेका मागप्रति आफूहरुको ऐक्यबद्धता रहेको भन्दै उहाँका माग अविलम्ब पूरा गर्न र उहाँको जीवन रक्षाका लागि सरकारसँग माग गर्ने निर्णयसमेत गरिएको उल्लेख छ । 

    बैठकमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेपाली काँग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, साझा पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय नागरिक पार्टीका जिल्ला अध्यक्ष एवं प्रतिनिधिको सहभागिता थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि पौडेललाई आज बिहान उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उहाँको अवस्था स्थिर तर जोखिमपूर्ण रहेको जनाएको छ । यसैबीच नेपाली काँग्रेस चितवनले उहाँका माग सम्बोधन गर्न दबाव दिँदै सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । जसअन्तर्गत आज दिउँसो भरतपुरको चौबिसकोठीमा एक घण्टा चक्काजाम गरिएको थियो ।  

 राष्ट्रिय निकुञ्ज ऐन २०२९ लाई जनपक्षीय बनाउनुपर्ने उनको माग छ । यस्तै लागत तथा उत्पादनका आधारमा बालीको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको केन्द्रका रुपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने मागहरु उनका छन्। उनी यही फागुन ७ गतेदेखि आमरण अनशनमा रहेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल एयरलाइन्स मेडिकल सामग्री लिन चीन उड्यो

  • १५ चैत, २०७६

काठमाडाैं । कोरोना परिक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन उडेको छ । ए ३३०वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि

कोरोनाका संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने दमकका युवा प्रहरी नियन्त्रणमा

  • १५ चैत, २०७६

झापा । कोरोना भाइरससम्बन्धी अफवाह फैलाएको आरोपमा झापास्थित दमकका एक व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।  कोरोना भाइरसका बिरामी फेला पर्याे

छुट्लान् त चार्ल्स शोभराज !

  • १५ चैत, २०७६

काठमाडाैँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेका कैदी बन्दीलाई रिहा गर्ने सरकारी निर्णय अनुसार