• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

आजको पत्रपत्रिका: स्याटेलाइट परियोजना पनि शंकास्पद

आजको पत्रपत्रिकामा राजनीतिक घटनाक्रमको विषयले प्राथमिकता पाएका छन् । कार्यदलको औचित्यमा सदस्यहरुकै प्रश्न शिर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । कान्तिपुर अगाडी लेख्छ– राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यको समान हैसियत हुने गरी संविधान संशोधनका लागि अध्ययन गर्न गठन गरेको भनिएको कार्यदलको औचित्यमाथि प्रस्तावित सदस्यहरुले नै प्रश्न उठाएका छन् । कार्यदलका सदस्य भनिएका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाले संशोधनको औचित्यमाथि प्रश्न उठाउँदै त्यसमा बस्न अस्वीकार गरेका हुन् ।
स्याटेलाइट पनि शंकास्पद शिर्षकमा कान्तिपुरले अर्को समाचारलाई मुख्य पृष्ठमा लेखेको छ । सेक्युरिटी प्रेस खरिदमा घुस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले  अघि बढाएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको तयारीस्वरुप गठन गरेको अध्ययन समितिको प्रतिवेदन र सार्वजनिक खरिद ऐनलाई लत्याउँदै बिनाप्रतिस्पर्धा (जी–टू–जीमार्फत) उनले परियोजना अघि बढाएका थिए । 
अन्नपूर्ण पोस्टले संविधान संशोधन कार्यदल भताभुंग शिर्षकमा समाचार लेखेको छ । 
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेको नागरिक दैनिकमा समाचार छ । पुस २३ गते पार्टीका उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष नेताहरुको बैठक बसेदेखि नै उनी पार्टीभित्रै दबाबमा परेका हुन्। त्यही दबाबका कारण उनले पार्टीको सचिवालय बैठकमा आफू अनुकूल निर्णय गराउन सकेका छैनन्। पार्टीभित्र ओली हावी भइरहेका बेला पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालकै सहभागितामा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले गौतमको घरमा छुट्टै बैठक गरेका थिए। बैठकले पार्टीभित्र ओलीको ज्यादती रहेको निष्कर्ष निकाल्दै उनीविरुद्ध एकजुट हुने निर्णय गरेको थियो। उनीहरुले सरकार परिवर्तनको समेत रणनीति बनाएर अघि बढ्ने निष्कर्ष निकालेका थिए। यसबाट ओली दबाबमा मात्रै परेनन्, त्यसपछिका सचिवालय बैठकमा उनी मौन बस्न बाध्य भए। ‘त्यसयता बसेका सचिवालय बैठकमा ओली सधैं अल्पमतमा परेका छन्’, पार्टी निकट स्रोतले भन्यो, ‘सभामुख चयन प्रकरणलाई लामो समय अलमल्याउने प्रयास गरेका ओली सचिवालयभित्र भोटिङ हुने र आफू अल्पमतमा पर्ने अवस्था देखेपछि अग्नि सापकोटालाई स्विकार्न राजी भएका थिए।’ गौतमको घरमा भएको बैठकमा ओलीले पूर्वसहमति कार्यान्वयनमा आनाकानी गरे सरकार फेर्न समेत दबाब दिने सहमति भएको थियो। सो सहमतिपछि ओलीलाई सचिवालय सदस्यहरुले सामूहिक नेतृत्वमा चल्न सुझाव दिँदै आएका छन्। सभामुख नियुक्तिको विषयमा दबाब झेल्न नसकेपछि ओलीले असहज महुसुस गरेका थिए। पुस २३ पछिकै एक बैठकमा गौतमलाई राष्ट्रियसभामा सांसद बन्न आग्रह गरिएको थियो। तर गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन सक्ने प्रावधान राखेमात्रै राष्ट्रियसभामा जाने बताएका थिए। तर ओलीले संविधान संशोधन नगर्ने जनाउ दिएका थिए। संविधान संशोधन नहुने भएपछि माघ ९ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा गौतमले भाग लिएनन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर