दुहबी– कटहरी ३३ के.भी. प्रशारण लाईन सुचारु

विराटनगर । बिराटनगर क्षेत्रको पुर्बी भागमा नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । लामो समय सम्म दुहबी कटहरी ३३ के भी प्रशारण लाईन बिबादका बिचमा रहेको थियो तर सबैको अथक प्रयास बाट यो लाईनले समाधान पाएको छ ।

बिद्युतको भोल्टेजस्तर सुधार एवम् माग अनुसारको बिद्युत बितरण गर्नको लागी नेपाल बिद्युत प्राधिकरणले एशियाली बिकाश बैङ्कको सहयोगमा देशैभरी बिभिन्न प्रकारका सबस्टेसन निर्माण र लाईन निर्माणको क्रम जारी राखेको छ । यसै सन्दर्भमा मोरङ्ग जिल्लाको कटहरीमा निर्माण गरिएको सबस्टेसन तयार भएतापनी बिबिध कारणले सञ्चालन हुन सकेको थिएन ।

उक्त लाईन सँचालन गर्ने प्रमुख स्रोत भनेको दुहबी १३२ केभी ग्रिड सबस्टेसन बाट कटहरी सम्म ३३ केभी लाईन पुरायाउने काम थियो । उक्त लाईन निर्माणको क्रममा मोरङ्गको ग्राम थान गिदनिया का स्थानिय बासिन्दा बाट लाईन निर्माणको क्रममा बिदाद उत्पन्न भई काम रोकिएको थियो। नेबिप्रा प्रादेशिक कार्यालय,स्थानिय बासिन्दा, प्रशासन, जनप्रतिनिधी, स्थानिय निकाय, प्रदेश सरकार ,उध्योग बाणिज्य सँघ, समाजसेबी र नेबिप्रा बाट बिभिन्न चरणमा छलफल भई स्थानिय बासिन्दाको माग बमोजिम प्राबिधिक कारण ले उपर्युक्त स्थानमा ३३ के।भी। लाईन लाई भुमिगत गराई लाईन निर्माण कार्य पुर्णता दिईएको छ ।

नेपाल बिद्युत प्राधिकरण, आयोजना ब्यवस्थापन निर्देशनालय, बितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजना अन्तरगत रहेको सो सबस्टेसन र लाईन निर्माणको कार्य भारतिय निर्माण कंपनी ए टु जेड ईन्फ्रा लिमिटेड को नेपाली सहायक निर्माण कंपनी जयदुर्गे ईन्जिनियरिङ्ग र त्रिपुरेस्वर कण्डक्टर कंपनी ले पुरा गरेको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर