• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

म्यारोडोना भन्दा मेसी उत्कृष्ट–जेरार्ड पिके

एजेन्सी । पछिल्लो दशक अर्जेन्टाईन लियोनल मेसी उत्कृष्ट कि पोर्चुगिज क्रिष्टियानो रोनाल्डो भन्ने बहसको अन्त्यहिन सृंखला चलिरहयो । जसको अन्त्य अझै भएको छैन । यस विषयमा विश्व फुटबल जगत नै विभाजित छ । 

च्याम्पियन्स लिगको सुपर १६ सुरु हुनु अघि भएको पत्रकार सम्मेलनमा बार्सिलोनाका सेन्टर ब्याक जेरार्ड पिकेले दिएको अभिव्यक्तिले फेरी नयाँ तरंग सृजना गरेको छ । पिकेले अर्जेन्टिनाका लिजेण्ड डियगो म्यारोडोना भन्दा आफ्नो टिमका कप्तान लियोनल मेसी नै उत्कृट भएको ठहर सुनाएका छन् । 

मेसीमा लगातार देखिएको स्थिरताले म्यारोडोना भन्दा मेसी उत्कृष्ट देखिएको उनले तर्क गरे । म्यारोडोनाले हाँसिल गरेको उपलव्धीप्रति सम्मान व्यक्त गर्दै पिके मेसीले पनि कालान्तरमा थप उपलव्धी हासिल गर्न सक्ने बताए । 

‘म्यारोडोना फुटबल ईतिहासका उहाहरणीय पात्र हुन्, उनि बार्सिलोना तथा नापोलीबाट खेलेर गए, पत्रकार सम्मेलनमा पिकेले भने, उनलाई हामी सधैं सम्झिरहनेछौं ।’ पिकेले थपे, ‘तर यदी मलाई मेसी वा डियगो मध्य एक छान्न भनियो भने म मेसी छान्छु, किन भने उनमा देखिएको खेलमा स्थिरता र हरेक दिन म्याजिक गर्न सक्ने क्षमता छ ।’

म्यारोडोनाको पूर्व क्लब नापोलीसँग भिड्नुअघिको पत्रकार सम्मेलनमा बार्सिलोनाका हेड कोच क्वीक सेटिनले समेत मेसीको तारिफ गरेका छन् । ‘मेसी महान फुटबल खेलाडी हुन्, विगत १५ वर्ष देखि उनले हरेक खेलमा उत्कृष्ट क्षमता देखाईरहेका छन्, सेटिनले भने ।

च्याम्पियन्स लिगको टप १६ को पहिलो लेग मंगलबार राती नापोटीको होमग्राउण्ड ईटालीमा हुदैछ । जुन खेल स्पेनिस लिगको चिरप्रतिद्धन्दी रियल मड्रिडसंगको एल क्लासिको भन्दा ठिक अघिल्तीर हुन लागेको छ । 

पिकेले भनेका छन्, नापोलीसँगको खेलको परिणामले हामीलाई क्लासिकोमा पनि असर पार्ने छ । मलाई विश्वास छ, हामी शान्त मनले राम्रो खेल्नेछौं र जितिरहनेछौं ।’ विगतमा लिभरपुल र रोमासँग बेहोरेको पराजय नर्बिसने बताउदै पिकेले त्यसबाट सकारात्मक पाठ सिक्ने बताएका छन् ।

नापाेली र बार्सिलाेनाबीचकाे खेल मंगलबार राती २ बजेबाट सुरू हुनेछ । साेही समयमा वार्यन म्युनिख र चेल्सी पनि भिड्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर