• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

यौन क्षमतामा कमी हुनाले शाहाकारी हुन डराउँछन पुरुष !

एजेन्सी । खाने कुरालाई विभाजन गर्ने हो भने मानिसहरु विशेष शाहाकारी र मांशाहारी भनेर छुट्याउने गर्छन । तर आजकाल एक शब्द निकै चर्चामा छ त्यो हो ‘वीगन’ अर्थात वेगन आहार केवल फलफुल र सागसब्जीबाट तयार भएको खाना । ‘वीगन डाइट’ फ्लो गर्ने मानिसहरु दुध र दुधबाट बनेका केही पनि परिकार खाँदैनन । 

आजकाल ‘वेगन’ बनेका मानिसहरुको ठूलो जमात पाउँन सकिन्छ । खासमा यो ‘वीगन डाइट’ सेलिब्रटीहरुले गरेको पाइन्छ । यो पनि भन्ने गरिनछ की सेलिब्रटीहरुले नै यो प्रकारको डाइट प्रचलनमा ल्याएका हुन् । 

अमेरिकाको चर्चित सेलिब्रटी माइल साइलप् साइरस, वीनस विलियम्स, अरियाना ग्रान्ड बियोन्स लगायतका धेरै सेलिब्रटीलाई वीगन आहारको एम्बेस्डरको रुपमा चिनिने गरिएको छ । यसकै सिकोको रुपमा बलिउड सेलिब्रटी जसमा धेरै अभिनेत्रीहरुले आफू वीगन भएको बताएका छन् । यसमा सोनाम कपुर,करीना कपुर,मल्लिका सेरावत लगायतको सहभागी छन् । यो सँगै अभिनेतामा साहित कपुर , आमिर आन, अक्षय कुमार लगायतको नाम पनि आउँने गरेको छ । 

तर अच्चमको कुरा के छ भने ‘वीगन’ मानिसहरुको कुरा गर्ने हो भने पुरुषको तुलनामा महिलाको संङख्या धेरै छ । अमेरिकामा वीगन मानिसहरुको संख्या जान्नको लागि गरिएको एक सर्वेक्षणमा ११ हजार नमुना तयार गरिएको थियो । नतिजामा केवल २४ पुरुष मात्र वेगन आहार प्रयोग गर्ने देखियो । वेगन आहार खानु स्वास्थ्यको लागि निकै  फाइदानजक हुन्छ तर पनि पुरुष यो तर्फ आर्कषण हुँदैनन किन ?

मनोवैज्ञानीहरुको बताए अनुसार पुरुषहरु मांशाहारी बन्नु आफ्नो पुरुषत्वको निशानीको रुपमा मान्छन् । केवल फलफुल र सब्जी खाँदा यौन क्षमतामा कमि आउँछ  भन्ने उनीहरुको मान्यता रहेको छ । यौन क्षमतामा कमि आए समाजले अनेक प्रश्न उठाउने उनीहरुको भनाइ छ । 

अमेरीका युनिभर्सिटी अफ कोलम्बियाका मनोवैज्ञानीक प्रोफेसरस्टीन हाइनले बताए अनुसार शुरुवातमा मानिसहरु पेट भर्नको लागि सिकार गर्ने गर्थे र मासु खान्थे । सिकार गर्नु पुरुषहरुको काम थियो । समाज जस्तो कुनै चिजको कल्पना गर्ने मानिसको दिमाग पनि थिएन । पुरुषकै कामको रुपमा सिकार गर्नै पर्ने पितृसतात्मक सोचको विकास भयो । सिकार गर्ने र मासु खानैै पर्ने सोचको कारण पुरुषहरुले मांशहारी बन्ने आफ्नो शान मान्न थाले । 

यसरी सरु भएको समाजले पुरुषलाई नै मासु व्यापारी बनायो । १९ औँ शताब्दीमा जब महिलाले आफ्नो खाने तरिकामा परिवर्तन गर्न थाले होटल तथा रेस्टुरेन्ट अनि विज्ञापन पेश गर्ने कम्पनीले खानालाई दुई भागमा बाड्न थाल्यो । दाल तरकारी सलाद र दहीलाई महिलाले खाने खानाको रुपमा चिनिन् थाल्यो र माछा मासु अन्डा पुरुषले खाने खानाको रुपमा चिनिन थाल्यो । 

‘सोय बोय’ एक खास किसिमको शबद हो । खासमा यो शब्द त्यस्तो किसिमको पुरुषहरुको लागि प्रयोग गर्ने गरिन्छ । जसले अत्याधिक मात्रामा सोयाबिन खाने गर्दछन् । सोयबिन धेरै खानाले पुरुषको शारीरिक क्षमता अर्थात यौन इच्छामा कमि आउने मान्यता रहेको छ । तर यसको कुनै वैज्ञानीक प्रमाण भने छैन । प्रोफेसर हाइनको यो मान्यता छ की धेरै जस्तो पुरुषहरु रेस्टुरेन्टमा खाना खान गए भने सलाद तथा तरकारी अडर गर्न लजाउँछन् । 

अनुसनधानमा पुरुषको तुलनामा महिलाको मन निकै कोमल हुने र महिलाहरु सहनशील हुने पाइएको छ । साथै महिलाहरु जनावारमा धेरै लगाब राख्ने गर्दछन् । यही कारण पनि महिला पुरुषको तुलनामा धेरै वीगन छन् । जनावरको अधिकारको लागि काम र्गे महिलाअहरुको संख्या पनि धेरै छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर