• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

आजको मौसम : मेघ गर्जनसहित वर्षा हुने 

काठमाडौं । आज (बुधबार) मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ ।

हाल देशका पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा मौसम बदली रहेको विभागले जनाएको छ।

‘हाल देशका मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ,’ विभागले भनेको छ, ‘देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा तथा मध्य र पश्चिमी भू–भागका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।’ आज राति पनि मौसम त्यही अवस्थामा रहने विभागको अनुमान छ ।

आज देशका हिमाली तथा उच्च पहाडी भू– भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर