• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

च्याम्पियन्स लिग : बार्सिलोनाको बराबरी, चेल्सीको हार

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन क्लब वायर्न म्युनिखले जित निकाल्दा बार्सिलोना भने बराबरीमा रोकिएको छ ।मंगलबार राति भएको खेलमा वायर्नले इन्ग्लिश क्लब चेल्सीलाई ३–० गोल अन्तरले हराएको हो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन सर्ज गन्ब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।हारसंगै चेल्सीको क्वार्टरफाईनल प्रवेशको सम्भावना कठिन बनेको छ । प्रियिमर लिगको पछिल्लो खेलमा टोटेनहमविरुद्ध प्राप्त शानदार जितले चेल्सीले घरेलु मैदानमा राम्रो गर्ने अपेक्षा गरिएको थियो ।

तर प्रियिमर लिगविरुद्ध हाबी देखिदै आएको वायर्नले चेल्सीविरुद्ध समेत शानदार जित निकाल्न सफल रह्यो । वायर्नले गत अक्टोबरमा समूह चरणको खेलमा प्रिमियर लिग क्लब टोटेनहमलाई घरेलु मैदानमा ७–२ ले हराएको थियो ।

चेल्सीका मार्कोस एलान्सोले रातो कार्ड खादै मैदान बाहिरिएपछि चेल्सी खेलको अन्तिम ७ मिनेट १० खेलाडीमा सिमिति बनेको थियो ।गन्ब्रीले ५१ औं मिनेटमा गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट लगत्तै गन्ब्रीले बार्यनको अग्रता दोब्बर बनाउने काम गरे ।

यस सिजन उत्कृष्ट फर्ममा रहेका रोबर्ट लेवान्डोस्कीले ७६ औं मिनेटमा गोल गर्दै वायर्नलाई सहज जित दिलाए ।यस्तै, बार्सिलोनाले भने नापोलीको घरेलु मैदानमा १–१ गोलको बराबरी खेलेको हो । डेरिस मार्टिन्सले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएपनि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर