पहिचान लुकाएर विकी कौशल किन जान्छन् क्याटरिनालाई भेट्न ?

मुम्बई । फिल्म ‘राजी’, ‘सन्जु’ र ‘उरी’ पछि बलिउडमा आफ्नो विशेष चर्चामा रहेका अभिनेता विकी कौशल सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेका छन् । उनी पछिल्लो केही समयदेखि अभिनेत्री क्याटरिना कैफसँगको प्रेम सम्बन्धको कारण पनि चर्चामा छन् । सामाजिक सञ्जालमा क्याटरिना र विकीलाई फ्यानहरुले मिस्टर र मिसेज कुशालको नामबाट प्रचार गर्न थालेका छन् । जी सिनेमा अवार्डमा क्याटरिना विकीको हात समाएर पुगेपछि उनीहरुको सम्बन्धको चर्चा झन बढ्दै गएको हो । 

मिडियाले उनीहरुको सम्बन्धको बारेमा गर्ने प्रश्नमा पनि चुप रहने गरेका छन् । मिडियाले उनीहरुको सम्बन्धको बारेमा धेरै चर्चा नगरोस् भन्नको लागि विकी क्याटरिनालाई भेट्न लुक्दै जाने गरेको भारतीय मिडियाले जनाएको छ । विकी क्याटरिनालाई भेट्न जाँदा आफ्नो पहिचान लुकाउने गरेका छन् । विशेष उनी क्याप र माक्स लगाएर क्याटरिनालाई भेट्न जान्छन् । 

केही दिन अगाडी विकीले एक अन्तर्वातामा भनेका थिए –‘ म आफ्नो व्यक्तिगत जीवनलाई मिडियाबाट टाढा राख्न चाहन्छु । मैले विश्वास गरेर कसैलाई केही भनेपनि केही समयपछि मिडियाले आफ्नो धारणा राखेर प्रचार गर्छ । सबै उल्टो कुराहरु मिडियामा आउँछ । त्यसैले म आफ्नो जीवनको बारेमा खुलेर कुरा गर्न रुचाउँदिन । 

विकीको केही दिन अगाडी मात्र फिल्म ‘भूत’ रिलिज भएको छ । फिल्मले बलिउड बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर