फिल्म ‘बागी ३’ को गीतमा टाइगरको साथमा दिशाको बोल्ड डान्स

एजेन्सी । अभिनेता टाइगर श्रफ र अभिनेत्री श्रद्धा कपुर स्टार फिल्म ‘बागी ३’ को ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । योसँगै फिल्मको नयाँ गीत रिलिजको तयारीम रहेको छ । गीत डु यु लभ मी’ मा टाइगर र दिशा पाटनीको डान्स देख्न पाइने छ । 

फिल्मको पहिलो गीत सार्वजनिक भइसकेको छ । अब निर्माताले दोस्रो गीतको रिलिजको तयारी गरिरहेको छ । गीतको केही तस्बिर सार्वजनिक भएको छ । जसमा दिशा पाटनी बोल्ड अवतारमा देखिएकी छन् ।

 दिशााले एक कुराकानीमा गीतको बारेमा भनिन् –‘ यो एक यस्तो गीत हो जो कोही गीतमा रमाउँने छन् । मैले गीत तयारी भएपछि सुनेको थिएँ । म निकै उत्साहित भएँ । मैले गीतको सुटिङको क्रममा निकै रमाइलो गरेको थिएँ ।   ’

फिल्म बागी ३ मार्च ६ मा रिलिज हुनेछ । जसमा टाइगर श्रफ र श्रद्धा कपुरको विशेष भूमिका रहेको छ । फिल्ममलाई नाडियावाला ग्रैन्डसले निर्माण गरेका हुन् भने अहमद खानले निर्देशन गरेका हुन् । 
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर