• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

म्यानचेस्टर सिटी विजयी हुदाँ रियल मड्रिड स्तब्ध

एजेन्सी । युरोपियन फुटबल लिगमा प्रतिबन्ध लगाएको इंग्लिस क्लब म्यानचेस्टर सिटीले यो सिजनमा राम्रो प्रदर्शन गरेको छ । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत बुधबार राति भएको पहिलो लिगमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको छ । 

पहिलो हाफमा गोलरहित रहेको खेलमा दुवै तर्फबाट दोस्रो हाफमा गोल भएको हो । ६० औँ मिनेटमा इस्कोको गोलबाट लिएको अग्रता रियल मड्रिडले जोगाउन सकेन ।
७८ औँ मिनेटमा म्यानचेस्टर सिटीका लागि गाब्रिएल जिससले बराबरी गोल फर्काए । ८३ औँ मिनेटमा सिटीले पेनाल्टी पायो । सो पेनाल्टीमा केविन डी ब्रुयेनाले गोल गरे र टिमलाई २–१ को जित दिलाए ।

८६ औँ मिनेटमा सर्जिओ रामोस सीधै पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि अन्तिमको केही मिनेट रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो । दोस्रो लेग आउँदो मार्च १७ मा म्यानचेस्टर सिटीको मैदानमा हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर