• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

ईपीएल क्रिकेट– खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा ललितपुर र पोखरा भिड्ने

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा साविक विजेता ललितपुर पेट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ ।
ईपीएलले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा ललितपुर र पोखरा भिड्ने भएका हुन् । उद्घाटन खेल चैत १ गते टियु क्रिकेट मैदानमा हुनेछ । पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ ।

तर, लिग चरणको अन्तिम दुई खेल भने हरेक दिन हुनेछ  । सिंगल राउण्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलको लागि क्वालिफायर खेल खेल्ने छ ।
यस्तै लिगको तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्दै क्वालिफायरमा टिमसंग फाइनल प्रवेशको लागि भिड्ने छ । ईपीएलको फाइनल खेल चैत १५ गते हुनेछ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर