• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

एजेन्सी ।  म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । विहीबार राती घरेलु मैदानमा भएको खेलमा युनाइटेडले क्लब ब्रुगलाई ६–१ ले पराजित गर्दैै प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको हो ।


पहिलो लेगमा म्यानचेस्टर युनाइटेड १–१ को बराबरीमा रोकिएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा युनाइटेडका लागि फ्रेडले ८२ र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे।

यस्तै ब्रुनो फेर्नान्डेसले २७ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । इग्हालोले ३४ तथा म्याकटोमिनीले ४१ औँ मिनेटमा गोल गरेका हुन् । २२ औँ मिनेटमा डेली सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि क्लब ब्रुग अधिकांश समय १० खेलाडीमा सीमित भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर