• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

दमकमा चैत २९ देखी अन्डर १६ दमक सुपर लिग २०२० क्रिकेट प्रतियोगिता हुने

झापा । झापाको दमकमा सुन्बी अन्डर १६ दमक सुपर लिग २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी चैत २९ गतेदेखी बैशाख १३ गतेसम्म प्रतियोगिताको आयोजना गरिने भएको हो । दमक क्रिकेट प्याट्रोटिक क्रिकेट ट्रेनिङ्ग संघसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको बताईएको छ ।

प्रतियोगिता दुइदिवसीय फर्मेटमा हुने र कुल ६ टिम, ७ खेल र अबधी १५ दिनको हुने छ । यस्तो खाल्को प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो भने यो प्रतियोगिताको व्राण्ड एम्बेसडर पारस खड्का हुने ट्रेनिङ सेन्टरका सचिब दिपेश रिमालले जानकारी दिए ।

प्रतियोगितामा आयोजक दमक प्यट्रोयोटिक, सुनसरी जिल्ला क्रिकेट संघ, बिराटनगर क्रिकेट क्लब र एकेडेमी, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, ओएसिस क्रिकेट एकेडेमी भाग लिने छन । एउटा भाग लिने टिमको भने टुंगो लागेको छैन ।

प्रतियोगितामा प्रत्येक दिन उपस्थिति भएका एक जना दर्शक बराबर १ रुपैया संकलन गरि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग प्रदान गरिने सेन्टरका अध्यक्ष रोशन धितालले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर