• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

ऊर्जामन्त्रीद्वारा ‘मिनीग्रिड विशेष कार्यक्रम’ को औपचारिक शुभारम्भ 

काठमाडौं । सरकारले उज्यालो नेपाल अभियान अन्तर्गतको ‘मिनीग्रिड विशेष कार्यक्रम’ को औपचारिक शुभारम्भ भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबिच ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

सरकारले उज्यालो नेपाल कार्यक्रम अन्तर्गतको विद्युतीकरण हुन बाँकी रहेका देशका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरी आगामी ३ वर्षभित्र सबै नेपालीका घरघरमा विद्युतको पहुँच पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम र बजेट भाषणमार्फत यो कार्यक्रमको घोषणा भएको थियो । 

यस कार्यक्रमका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट ‘मिनीग्रिड विशेष कार्यक्रम सञ्चालन नियमावली, २०७६’ स्वीकृत भइसकेको छ । 

साथै, कार्यक्रममा हुम्लाको ताजाकोटमा ४ वटा र डोल्पाको से फोक्सुन्डोमा ४ वटा मिनीग्रिड संचालनका लागि बैकल्पिक उर्जा प्रवर्धन केन्द्रका अध्यक्ष र सम्बन्धित गाउँपालिकाबिच सम्झौतापत्रमा हस्ताक्षर समेत भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर