• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

३ वर्षमा ६ सय मिनीग्रिड बनाउने लक्ष्य पूरा गर्छौं–मन्त्री पुन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले ३ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण गर्ने अभियानअन्तर्गत यस वर्ष ४० जिल्लालाई पूर्ण विदुतीकरण गर्न सरकार लागिपरेको बताएका छन् ।शुक्रबार राजधानीमा ‘मिनीग्रिड विशेष कार्यक्रम’ शुभारम्भ गर्दै उनले प्रदेश २, कर्णाली र सुदूरपश्चिमलाई पूर्ण उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सरकारले काम अघि बढाएको बताए । 

सम्बोधनको क्रममा मन्त्री पुनले ३ वर्षमा कम्तिमा ६ सय मिनीग्रिडको लक्ष्य सरकारले राखेको बताउँदै उक्त लक्षय पूरा गर्ने बताए ।

अर्थ मन्त्रालयबाट झण्डै २२ अर्बभन्दा बढी बजेटको स्रोत सुनिश्चित भएको बताउँदै उनले भने, ‘राष्ट्रिय प्रशारण लाइन पुर्याउनेगरी स्रोत सुनिश्चित भएको छ । यसका अतिरिक्त विशेषतः हिमाली भेगमा जति छन्, उच्च पहाडी क्षेत्र छन्, भौगोलिक हिसाबले चुरे क्षेत्रपनि हुनसक्छ । जहाँ हामी विद्युत पुर्याउनका लागि वनको समस्या रहेको छ त्यहाँ यस कार्यक्रम प्राथमिकता हुनेछ ।’

हुम्ला र डोल्पामा राष्ट्रिय प्रशारण नपुगेको भन्दै आजको मिनीग्रिडमार्फत १२ वटा कार्यक्रम शुभारम्भ गरिएको उनले बताए । यसैवर्ष कालिकोट र जुम्लामा पनि पुग्ने बताए । ‘राष्ट्रिय प्रशारण नपुगेको ठाउँबाट यो कार्यक्रम सुरुवात गर्याैँ । यसलाई सकारात्मक रुपमा लिनपर्छ ।’ मन्त्री पुनले शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै भने । 

९० प्रतिशत वैकल्पिक ऊर्जामार्फत सरकारको र १० प्रतिशत स्थानीय तहको वा स्थानीय तहले आफूले निर्माण नगरे कुनै कम्पनिको हुनेगरी आयोजना अघि बढाइएको उनले बताए । विगतका आयोजनाजस्तो यो आयोजना व्यवस्थित बनाउन सरकार लागिपरेको बताएका छन् । 

‘त्यो क्षेत्रमा उज्यालोमात्र नभई कुनै घरेलु स्रोतपनि उपलब्ध होस् भनि हामीले कार्यक्रम अघि बढाएका छौं ।’ उनले भने । ऊर्जा क्षेत्रमा १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनमा सरकार लागेको बताउँदै मन्त्री पुनले वैकल्पिक ऊजा, सौर्य र वायू लगायतको आगामी १० वर्षमा योगदान हुने बताए । 

वैकल्पिक ऊर्जा केन्द्रले विगतमा र अहिले सहयोग गर्दै आएको भन्दै योजनाहरु निर्माण र प्राविधिक सहयोग गर्ने काम सरकारले गरेको उनले बताए । साथै, उनले स्थानिय क्षेत्रले यसलाई व्यवस्थित रुपमा अघि बढाउनेगरि लागेको बताए ।

यसैबिच, उज्यालो नेपाल अभियान अन्तर्गतको ‘मिनीग्रिड विशेष कार्यक्रम’ को औपचारिक शुभारम्भ भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

सरकारले उज्यालो नेपाल कार्यक्रम अन्तर्गतको विद्युतीकरण हुन बाँकी रहेका देशका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरी आगामी ३ वर्षभित्र सबै नेपालीका घरघरमा विद्युतको पहुँच पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम र बजेट भाषणमार्फत यो कार्यक्रमको घोषणा भएको थियो ।

साथै, कार्यक्रममा हुम्लाको ताजाकोटमा ४ वटा र डोल्पाको से फोक्सुन्डोमा ४ वटा मिनीग्रिड संचालनका लागि बैकल्पिक उर्जा प्रवर्धन केन्द्रका अध्यक्ष र सम्बन्धित गाउँपालिकाबिच सम्झौतापत्रमा हस्ताक्षर समेत भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर