तेलको ड्रममाथि काठमा गाडी राखेर कर्णाली तर्दा...

‘तरे सरकारको, नतरे मेरो’–गाउँपालिका अध्यक्ष

सुर्खेत । कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले पालिकामा गाडि पु¥याएका छन् । निकै जोखिमका वावजुत उनले पालिकामा गाडि प्रवेश गराएका हुन् । 

गाउँपालिकामा  २२ किलो मिटर रोड बने पनि कर्णाली नदिको कारणले पालिकामा अहिले सम्म गाडि गुडेका थिएन । तर गाउँपालिका अध्यक्ष बमले कर्णाली नदिमा आफ्नो जुक्तीले गाडिलाई कर्णाली पार गराएका हुन् । गाडिलाई कर्णाली नदिमा पार गराउनुपुर्व पालिकाले हेलिकप्टरबाट गाडि लग्न लागेको हल्ला चलेको थियो तर अध्यक्षले बमले गाडि बग्यो भने आफ्नो यदि तर्यो भने सरकारको भनेर तेलको ड्रममाथि गाडि हालेर कर्णाली पार गराए ।

पालिकाले अहिले संचालनमा ल्याएको  ४ वटा गाडिमा साझा यातायात–योद्धा लेखिएको छ । 

गएको फागुन १ गते २४ औँ जनयुद्ध दिवस मनाउन ती गाडी ल्याइएका थिए । तर कर्णाली नदीमा पुल नभएपछि ती गाडी सबै पचालझरना गाउँपालिकामै थन्किएका थिए । पचालझरना गाउँपालिका पलाँता गाउँपालिकासँग जोडिएको गाउँपालिका हो । 

पचालझरना गाउँपालिकाको घाटचौरबाट ती गाडि पलाँतासम्म र्पुयाउन लाखौँ बजेट खर्च गरेर कर्णाली नदीमा पुल वा गेज बनाउनुपर्ने थियो । तर, त्यो गेज वा पुल एकै दिनमा बनाउन सम्भव थिएन । पालिका अध्यक्ष बमले निकालेको जुक्तिले सबै स्थानीय भेला भए र डिजेल र पेट्रोल बोक्न प्रयोग गरिने ३१ वटा ड्रम जम्मा गरे । ‘ड्रममाथि फ्ल्याक र कडी बाँधियो । गाडिलाई कर्णाली पार गरियो’, स्थानिय पुर्ण बमले भने । 

गाडी पुगेपछि खुसी साट्न कर्णाली नदीको छेउमा आएका स्थानीयले कर्णाली पार गरिएका गाडि र गाउँपालिका अध्यक्ष लक्ष्मण बमको स्वागत गरे ।

‘पक्कि पुल नबन्ने बेला सम्म हाम्रो गाउँमा गाडि आउला भन्ने सोचेका पनि थिएनाैँ यसरी गाउँपालिकामा नै गाडि चल्ने भए पछि को खुसि नहोला र ?’ स्थानिय प्रेम बमले भने, ‘२२  किलोमिटर गाडि कुदाउनको लागि पालिका अध्यक्ष बमले लाखौं खर्च गरेर हेलिकप्टर बाट गाडि तार्न लागेको हल्ला फैलाएको भए पनि त्यो हल्ला हल्लामा नै सिमित भयो, गाडि तार्नको लागि त्यस्तो कुनै पनि रकम खर्चिनु परेन ।’ उनले भने । 

पलाँता गाउँपालिकाले अशोक मार्गको नाम दिएको बेल्के ढुङ्गादेखि राडुनेटासम्म २२ किलोमिटर सडकको ट्रयाक खोलेपछि त्यही सडकमा गाडी चल्ने भएको छ । अशोक मार्गमा गाडी चलेपछि दैनिक उपभोग्य वस्तुहरु पिठ्युँमा बोकेर स्थानीयले पाँच घण्टाको उकालो बाटो काट्नुपर्ने अवस्थाको अन्त्य भएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए  ।

पलाँता गाउपालिकाको वडा नम्बर ९ को थिर्पुबाट पलाँता वडा नम्बर २ को राडुनेटासम्म अहिले गाडी सञ्चालन भइरहेका छन् । गाडिमा घाईते अपाङ्ग, वृद्धाहरु र पत्रकारहरुको लागि भाडा छुट गराईएको अध्यक्षले बमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर