निस्दीको नांगो डाडाँमा हरियाली बनाएर पर्यटकीय स्थल बनाइँदै

पाल्पा । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको अर्चलेमा वन माराले ढाकेको क्षेत्रमा अम्लिसो, तेजपात र टिमुरको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । एक वर्ष अघिसम्म पशु चौपायाको चरण क्षेत्रका रुपमा रहेको खुइलेडाँडालाई बिरुवा लगाएर हराभरा बनाउन सुरु गरिएकोे हो ।

नांगो डाडामा विवा रोपेर हरियाली बनाएपछि स्थानीयले पनि रोजगार पाएका छन् । गाउँमै स्वरोजार हुनु थालेपछि बसाईसराईको क्रम पनि रोकिएको छ ।

गौचरणका रुपमा सिमित रहेको डाडाँमा हरियाली बनाएर पर्यटकीय स्थल बनाउका लागि संघिय सासंदले पनि लागानी गरेका छन् भने गाउँलेहरु उत्साहित भएर यस कार्यमा लागर राम्रो आम्दानी पनि गर्दै आएका छन् । अर्चलेको लेकडाँडामा गत असारमा ७५ हजार अम्लिसो ३६ हजार तेजपात र  ६ हजार टिमुँरका बिरुवा रोपिएको छ ।

बनमाराले ढाकेको डाडाँलाई कबुलियत गरेर १५ वटा समुहमार्फत विरुवा लगाईएको हो । अघिल्लो वर्षसम्म गौरचण रुपमा रहेको डाँडामा बिरुवा लगाएपछि आगामी वर्षबाट आम्दानी लिनेगरी काम गरेको लेकडाँडा कृषि तथा पशु विकास समितिका अध्यक्ष कृष्णबहादुर सुनारीले बताए । सुनारीका अनुसार गाउँलाई हरियाली बनाउन थालेसंगै बसाईसराई पनि रोकिएको छ भने, सबै स्थानीय उत्साहित भएर काम गरेका छन ।

७५ हेक्टर क्षेत्रफलमा लगाईएको बिरुवालाई थप बिस्तार गर्दै १ सय ५० हेक्टर क्षेत्रफलमा पु¥याउने योजना समुहको रहेको छ । अर्चलेका सातदोबाटो, अधमारा, नरिभञ्ज्याङ्ग र धोवला टोल गरि १५ समुहले विरुवाको रेखदेख गर्दे आएका छन । गाउँको बसाइसराई रोकेर स्थानीयलाई आयआर्जन गर्नका लागि डिभिजन वन कार्यालयले ४० वर्षका लागि  कबुलियत गरेर जग्गा उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख मोहन पौडेलले कबताए ।

लेकडाडाँबाट तराई, पहाड र हिमाल प्रष्ट देखिने भएकाले आम्दानीसंगै पर्यटकीय क्षेत्र बनाउन संघिय सासंद दल बहादुर रानाले समेत सहयोग गरेका छन । लेकडाडाँलाई पर्यटकिय स्थल बनाउनका लागि सासंद रानाले अघिल्लो वर्षदेखि सहयोग गरेको बताए । समुहिक रुपमा काम गर्ने र आम्दानी बाढेर खाने खालको कार्यक्रम भएको हुदाँ स्थानीयमा उत्साह थपिएको रानाको भनाई छ ।

डिभिजन वन कार्यालयको प्राविधिक सहयोग नांगोडाडालाई हरियाली बनाएर आयआर्जनका साथै पर्यटकीय गन्तव्य बनाउनका लागि यहाँका स्थानीय उत्साहित भएर लागेका छन । स्थानीयले आगामी दिनमन डाडाँमा कटेजहरु निर्माण गरि पर्यटकका लागि समेत राम्रो गन्तव्य बनाउने तयारीमा जुटेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर