• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

दमकमा सुन चोरेर सरकार फरार

झापा । दमकस्थित सुनचाँदी व्यवसायी संघका अध्यक्ष शेरबहादुर गजमेरको सुनचाँदी पसलमा काम गर्ने सुनचाँदीका भारतीय कालिगढ सूर्य सरकार करिब १३ तोला बराबरका सुनका गहना चोरेर परिवारसहित फरार भएका छन् । 

उनी बिहिबार दिउँसोदेखि पत्नी शुक्ला सरकार र एक नाबालक छोरासहित सुनका गहना लिएर फरार भएका हुन् । भारतको माल्दहमा पर्ने मैना भन्ने ठाउँबाट करिब ७/८ बर्ष अघिदेखि दमकमा आएर सुन चाँदीका गहना बनाउने कालिगढ पेशामा संलग्न सरकारको परिवारलाई बिहिबार बिहान सम्म स्थानीयहरुले घरमै देखेका थिए ।

उनीहरु गजमेरका जेठा छोरा सुरज गजमेरको घरमा डेरा लिएर बसेका थिए । डेराबाट कति बेला सर सामान लिएर निस्कियो केही पत्तो भएन यस्तो गर्ला भन्ने शंकै थिएन–गजमेरले भने । उनका अनुसार फरार भएका सरकारले आफ्नो, जेठो छोरा सुरज र साइँलो छोरा थीर कुमारको पसलमा अर्डर आएका सुनका गर गहना चोरेर फरार भएका हुन् ।

भारतीय नागरिक सरकारका आधिकारिक सरकारी कागजातहरु केही पनि राखिएको थिएन । भारतीय कालिगढहरुलाई अक्सर नेपाली सुनचाँदी व्यवसायीहरु उनीहरुको आधिकारिक परिचय विनानै काम लगाउँने गर्नाले जोखिम बढेको हो । दिनभर ति कालिगढ सम्पर्कमा नआएपछि गजमेरले बिहिबारनै खोजतलासका लागि प्रहरीमा निवेदन दिएका छन् ।

हवल्दार चोकको घुम्तीमा चोरी
यसैबीच झापा दमक १ स्थित हवल्दार चोकमा रहेको एउटा घुम्तीमा गएराती एक लाख रुपैयाँ भन्दा बढीको धनमाल चोरी भएको छ । स्थानीय गीता काफ्लेको घुम्ती पसलबाट मोवाइल रिचार्ज कार्ड, किरानाजन्य सामान तथा नगद समेत करीब एक लाख बढीको धनमाल चोरिएको दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दमकको टोलीले घट्नास्थलमा पुगेर सोबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर