• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

अडिओ टेप ‘कथित’ र ‘सृजित’–बाँस्कोटा

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि ‘डिल’ गरेको भनिएको अडिओ टेपलाई ‘कथित’ र ‘सृजित’ भएको बताएका छन् ।  काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा उनले सो कुरा उल्लेख गरेका हुन् । 

बाँस्कोटाले दायर गरेको मुद्दामा विजय प्रकाश मिश्रसँग आफ्नो भेट भएको र कुराकानीमा उनले ‘नाजायज प्रस्ताव राखेको’ स्वीकार गरेका छन् ।

बाँस्कोटाले दायर गरेको फिरादपत्रमा मुलुकी अपराधसंहिता अनुसार हदैसम्म सजाय गर्नुपर्ने, क्षतिपूर्ति भराउनुपर्ने र यो मुद्दा लड्दा लागेको खर्च मिश्रबाटै असुल्न पनि माग गरेका छन् ।

बाँस्कोटाले फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी आफ्नो व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातीलाई होच्याउने काम गरेको बताएका छन् । बाँस्कोटाको दावी अनुसार सुरक्षण मुद्रणसम्बन्धी जानकारी दिने भन्दै विजयप्रकाश मिश्रले भेट गरेका हुन् । आफूसँग भेट गर्न आउँदा केबीए(नोटासिस एसए (स्वीटजरल्याण्ड)को नेपाल प्रतिनिधिका रुपमा मिश्रले परिचय दिएका थिए । ‘मिश्रद्वारा सिर्जित कथित अडियो टेपमा कुनै सत्यता छैन’, बाँस्कोटाले भनेका छन्, ‘रकम लेनदेन गर्ने हिसाबले कसैसँग कुरा गरेको पनि छैन ।’

सरकार-सरकारबीच मात्र खरिद विधि अवलम्वन गर्ने निर्णय गरेपछि परराष्ट्र मन्त्रालयमार्फत २२ नोभेम्बर २०१८ मा स्वीटजरल्याण्डको दूतावासलाई सुरक्षण मुद्रण पूर्वाधार निर्माणका लागि पत्राचार भएको बाँस्कोटाले मुद्दा विवरणमा उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर